मेरो सृजनाको पहिलो दर्शक स्रोता कला भट्टराई हुन- साहित्यकार/सङ्गीतकार प्रेम प्रसाद भट्टराई ।

 मुग्लानी खबर ३ बैशाख

“खाने मुखलाई जुङ्घाले छेक्दैन” भने झै जोस जागर र इच्छाशक्ति भए जहाँ बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण साबित गरेका साहित्यकार सङ्गीतकार शृजनसील तथा संघर्षशील युवा हुन खोटाङ बुइपा ८,राम्चेमा जन्मी सुर्यबिनायक नगरपालिका कटुन्जेका स्थायी बासिन्दा प्रेम प्रसाद भट्टराई।प्रबाशी भुमी कतारमा वैदेशिक रोजगारीको शिलशिलामा प्रबाशी भुमी कतारमा कार्यरत रहे पनि बिभिन्न समयको अभाबका बाबजुद पनि आफ्ना गजल संग्रह तथा श्रृजनाहरु प्रकाशीत गरिसकेका छन।

गीति काव्य “सावित्री”,गजल संग्रह “प्रतीक” सबैको मन छुने उनका कोसेलीहरु हुन भने मणि पौडेल (भिखारी) ,लेख कार्की सङ्गको सहकार्यमा सम्पुर्ण खोटाङ जिल्लालाई नै गजलमय बनाउन र नयाँ शृजनशिल ब्यक्तित्वहरुको उत्पादन गर्ने र नयाँ शृजनशिल ब्यक्तिहरुलाई पनि ठाउँ दिनुपर्छ भन्ने उदेश्यले “खोटाङका गजलहरु” पनि प्रकासित गरिसकेका छन। अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको उपाध्यक्ष पदमा रही नेपाली साहित्यको संरक्षण र सम्बर्द्धनमा तन मन बचनले लागि परेका ब्यक्ती हुन भट्टराई।

पुरा भिडियोको लागि तला  क्लिक गर्नुहोला

नेपाली भाषा साहित्यको लागि कलम चलाईरहेका साहित्यकार तथा गजलकार भट्टराई सङ्गीत क्षेत्रमा पनि त्यतिकै माहिर देखिन्छन। साहित्यमा मात्र सिमित नभई सङ्गीत क्षेत्रमा पनि उनिले योगदान पुर्याईसकेका छन।”कृपा” नामक लोक दोहोरी एलबम आफ्नै लगानीमा शब्द सङ्गीत र लय समेत दिएर बजारमा लयाईसकेका छन।”हामी साना कोपिला” नामक बाल गीतमा शब्द सङ्गीत र निर्देशन समेत गरेका छन र स्वर भने उनकै सुपुत्र प्रतीक भट्टराई र सुपुत्री कृपा भट्टराईले दिएका छन।

सम्पुर्ण परिवार नै साहित्यिक र साङेतिक भएको हुँदा उहाकी धर्म पत्नी कला भट्टराई पनि गायिका हुन भने गत तीजमा श्रीमान प्रेम प्रसाद भट्टराईकै शब्द सङ्गीतमा तीज गीत बजारमा आएको थियो साथै सर्बाधिक सबैको रोजाईमा समेत रह्यो। गायिका श्रीमती कला भट्टराई पनि श्रीमान प्रेम प्रसाद भट्टराई सङ्गै कतारमा बस्दै आएकी छीन त्यसै सिलसिलामा साहित्यकार/ सङ्गीतकार प्रेम प्रसाद भट्टराई र श्रीमती कला भट्टराईलाई हामीले एकै चोटी भेट्ने अवसर पारी मुग्लानी खबर डट कम मार्फत केही भलाकुसारी गर्ने अवसर जुराएका थियौ।प्रत्यक्ष कुराकानीको यो श्रृङखलामा दम्पति प्रेम प्रसाद भट्टराई र श्रीमती कला भट्टराई।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46