दृष्टि बिहिन परिवारलाई भुजेल समाज कतारको आर्थिक सहयोग

मुग्लानी खबर चैत १४ 

तनहुँ जिल्ला ब्यास नगर पालिका -१२ लामीडाडा छाम्दिबराहि घर भएका आर्थिक अवस्थामा एकदमै कमजोर दृष्टि बिहिन एक परिवारलाई प्रवासी भुजेल समाज दोहा कतारले आर्थिक सहयोग गरेको छ ।

परिवारमा रहेका कमल भुजेल र उहाँको श्रीमती सिर्जना भुजेल सहित अहिले जन्मिएको बच्चापनि अन्धो रहेको फेसबुकमा जानकारी आएपछि कतारमा सामाजिक,भौतिक,आर्थिक तथा नैतिक रुपमा सहयोग गर्दै आएको भुजेल समाज कतारले पचपन्न हजार आठ सय 55800/ नेपाली रुपयाँ सहयोग गरेको जनाइएको छ ।

सस्थाका अध्यक्ष मिलन कुमार भुजेल र सक्रिय सदस्य चित्र बहादुर भुजेलको प्रत्यक्ष उपस्थितीमा  पीडित परिवारलाई भेटगरि समाजले उक्त रकम हस्तान्तरण गरेको प्रभात भुजेलले मुग्लानी लाई बताए ।

उन्को परिवार गरिबीको रेखामुनि रहेको,परिवारको आयस्रोत र राति ओतलाग्ने छानापनि नहुदा उक्त परिवारले कस्टकर जिबन भोगीरहेको थाहा पाएपछी समाजले आर्थिक सहयोग जुटाउदै उक्त परिवारलाइ सहयोग गरेको प्रभातले बताए ।

प्रबासी भुजेल समाज कतारले यसभन्दा अगीपनि यस्तै दुखि पिडित,नेपाली हरुको घाउमा मलम पट्टि लगाउने काम गरिरहेको छ । आर्थिक रकम सहयोग  गर्ने सम्पूर्ण सहयोगी मनलाई समाजले धन्यबाद पनि ब्याक्त गरेको छ ।

 

 


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46