नयाँ बर्षको अवसरमा धादिङको ड्बजोङ गाउँपालिकामा फुटबल प्रतियोगिता हुदै

मुग्लानी खबर चैत १५ 

श्याम मम्बा तामाङ

नेपाली हरुको नयाँ वर्ष बिक्रम सम्बत २०७६ शालको पुनित अवसर पारेर धादिङको ड्बजोङ गाउँपालिकामा खुल्ला नक आउट फुटबल प्रतियोगिता हुने भएको छ ।

वाका कप नाम दिएको फुटबल प्रतियोगिताको दशौ संस्करण यहि मिति २०७५ साल चैत २२ देखि २०७६ साल बैशाख १ गते सम्म आयोजना गर्न गइरहेको कुरा न्यु वाका राहा युवा क्लब तथा दशौ वाका कप आयोजक समितिले जानकारी दिएको छ ।

फुटबल कार्यक्रम हुने स्थल 

धादिङ जिल्लाको नेत्रवती ड्बजोङ गाउँ पालिका वडा नम्बर ३ गैरा साबिक सेम्जोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकिय गन्तव्य मध्ये एक हो।समुन्द्री सतहदेखी करिब २१५० मिटर उचाइमा अवस्थित यो ठाँउ धादिङ र नुवाकोटको सिमाना समेत रहेकोले पछिल्लो समय नुवाकोट धादिङ जिल्लाका आन्तरिक पर्यटकको आकर्षक बड्दो छ । साथै बिश्वमा निकै लोकप्रिय रहेको फुटबल खेलको बिकास र युवाहरुमा फुटबल खेलप्रतिको अभिरुचि बढाउन गाउँको युवाहरुको पहलमा २०६३ सालदेखि वाका कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको कुरा सस्थापक अध्यक्ष सुकराम तामाङले जानकारी दिए ।

दशौ वाका कपलाई सफलतापुर्बक सम्पन्न गराउन सबैको सहयोगको ठूलो अपेक्षा राखेकोले सम्पुर्ण खेलप्रेमी महानुभाबहरु सरकारी तथा गैरसरकारी संघ संस्था स्थानिय सरकार बिज्ञापन कम्पनी समाजसेबी तथा राजनितिक दल रोजगारिको सिलसिलामा वैदेशिक भुमिमा रहनुहुने मित्रहरु सुरक्षाकर्मी संचार माध्यम फुटबललाई माया गर्ने र फुटबलासंग सम्बन्धित संघ सस्थाहरु राष्ट्रिय खेलकुद परिषद जिल्ला खेलकुद बिकास समिती अखिल नेपाल फुटबल संघ खेलाडी तथा खेलकुद संघ सबैमा आर्थिक तथा भौतिक सहयोगको लागि न्यु वाका राहा युवा क्लब र दशौ वाका कप आयोजक समिती हार्दिक अपिलको साथ नया बर्ष २०७६ को अग्रिम शुभकामना व्यक्त गरेक छ।

 


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46