छिमेकी मार्ट लि. को छैटौ बार्षिक साधारण सभा सप्पन्न

मुग्लानी खबर- २५ चैत्र
प्रेम घिसिङ तामाङ दोहा

छिमेकी मार्ट लि. को छैटौ बार्षिक साधारण सभा दोहा कतारको नज्मा स्थित युनिक रेस्टुरेन्टको सभाहलमा गत शुक्रबार ०५/०४/२०१९ का दिन एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ। कामको सिलसिलामा प्रबासमा रहेर पनि भबिस्यलाई मध्यनजर गर्दै र प्रबासीहरुको पसिनाको कमाइलाई सहि ठाउमा सदुपयोग गर्दै स्वदेशमै लगानी गरी स्वदेशमै रोजगारी सिर्जना गरी राष्ट्रलाई आर्थिक रुपमा सबल बनाउने उदेश्य स्वरुप सन २०१२ देखि सन्चालनमा ल्याएको छिमेकी मार्ट लिमिटेडले छैटौं बर्ष पूरा गरि सातौ बर्षमा प्रवेश गरेको छ।

वैदेशिक रोजगारको सिलसिलामा दोहा कतारमा रहदै आउनु भएका व्यावसायिक सम्बन्धि दखल भएका ब्यक्तिहरुको पहलमा संचालित यस छिमेकी मार्टमा अहिले लगानीलाई सबै ठाउ बाट समेट्नु पर्छ र ब्यबसायलाई अझै बिस्तार गर्दै जानू पर्छ भन्ने हेतुले अहिले विभिन्न मुलुकहरूबाट जस्तै कतार बाहेकका देशहरु नेपाल, जापान, इजरायल, यु के, थाइल्यान्ड, सुजरल्यान्ड र साउदी अरेबिया बाट लगानी कर्तालाई समाबेस गराउदै अहिलेसम्म तीन ओटा शाखाबाट व्यवसाय सन्चालन भैरहेको बताईएको छ।

कार्यक्रमको सभापतित्व मार्टका सन्चालक समितिका अध्यक्ष शंखालाल तामाङले गर्नु गरिएका थिए।कार्यक्रमको प्रमुख अतिथिमा जनजाति महासंघ कतारका बर्तमान अध्यक्ष शिव कुमार भुजेल थिए भने बिशेश अतिथिमा जनजाति महासंघ कतारकै निबर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार देबराज राई साथै तामाङ समाज कतारका बर्तमन अध्यक्ष तिर्थ थिङ तामाङ, म्हेदो माया समाज कतारका बर्तमन अध्यक्ष प्रकाश मम्बा तामाङ, सुनुवार सेवा समाजका अध्यक्ष र खुतुर्के मल्टिपर्पोजका अध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र विभिन्न मिडियाहरुका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।


कम्पनीको वार्षिक प्रगति प्रतिबेदन अध्यक्ष शंखालाल तामाङ ले प्रस्तुत गरेका थिए भने अर्थिक प्रतिबेदन कम्पनीको फाइनान्स डाइरेक्टर राज कुमार तामाङले र कम्पनीको गतिविधि तथा भाबीयोजना हरुको बरेमा अन्तर्राष्ट्रिय समन्वय प्रमुख नर घिसिङ तामाङले प्रस्ट्याएका थिए। कार्यक्रममा उपस्थित सबैजनाले कम्पनीको प्रतिबेदन तथा विवरण चित्तबुझ्दो रहेको र अझै भबिस्यमा के कसरी ब्यापारलाई समय सापेक्ष बिस्तार गर्दै लैजान सकिन्छ भन्ने बारेमा बिचार राखेका थिय।

कार्यक्रमको सन्चालन कम्पनीकै संचालक समितिका सदस्य तेज मोक्तान तामाङ ले गर्नु भएको थियो भने सभामा उपस्थित सम्पुर्णलाई कम्पनीकै संचालक समिति सदस्य सुक बहादुर तामाङले स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46