विराटनगरमा हुने महिला क्रिकेट लिग अव काठमाडौंमै

मुग्लानी खबर चैत २९ 

आगामी वैशाख ७ देखि विराटनगरमा हुने भनिएको महिला टी २० क्रिकेट लिगको मिति र स्थान परिवर्तन भएको छ।

एनसिएल स्पोर्ट्स प्रालिले राखेपको समन्वयमा विराटनगरमा हुने ‘वोमेन्स टी २० लिग क्रिकेट प्रतियोगिता’ आगामी जेठ ६ देखि १३ सम्म काठमाडौं कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सन्चालन हुने भएको हो।

जारी आठौं राष्ट्रियय खेलकुद अन्तर्गतको ‘महिला क्रिकेट’ को मिति यस अघिको वोमेन्स टी २० क्रिकेट लिगको मितिसँग जुधेको र विराटनगरको तापक्रम तथा अन्य मौसमले यो सिजनमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न योग्य नहुने प्राविधिक समिति, टिम ओनर, टिमका मार्की खेलाडी तया सम्बन्धीत निकायको सुझावका आधारमा प्रतियोगिताको मिति र स्थान परिवर्तन भएको आयोजकले जानकारी गराएको छ।

प्रतियोगितामा अक्सन मार्फत हरेक टिमले १३/१३ जना खेलाडी खरिद गरिसकेका छन्।

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरि थापा, करुणा भन्डारी चार अलग अलग टोलीको मार्की खेलाडीका रुपमा यसअघि नै अनुबन्ध भइसकेका छन्।

क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीकोको सहभागिता रहनेछ। सहभागी टोलीका मालिकहरु अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस) , अनिल भण्डारी (भैरहवा क्विन्स), बिमोचन उप्रेती  (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन्।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46