अर्घाखाँची सेवा समाज कतारद्वारा मृगौला पिडित गुरुङ लाई आर्थिक सहयोग

मुग्लानी खबर बैशाख १ 

प्रबास कतारमा स्थापित सस्था अर्घाखाँची सेवा समाज कतारले मृगौला पिडित चितवन निबासी खेम बहादुर गुरुङ लाई आर्थिक सहयोग गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ पदमपोखरी बस्ने धमार सिंह गुरुङको छोरा खेम बहादुर गुरुङ दुबै मृगौला बाट पीडित भइ चितबन मेडीकल कलेजमा उपचारर्थ रही आएको र उहाँको आर्थिक अवस्था नाजुक भएको र उपचारको निम्ति ठूलो रकमको आवश्यकता परेको समाजले थाहा पाएपछी आर्थिक रकम स्वरुप  ४९१ “चारसय एकानब्बे ” कतारी रियल सहयोग गरेको जनाइएको छ ।

उक्त आर्थिक रकमलाई पीडित गुरुङका आफन्त कतारमा रहेकी सरु गुरुङको हातमा हस्तान्तरण गरिएको र अहिले उक्त रकम पिडितको हातमा पुगेको जानाकारी आएको छ  ।

अर्घाखाँची बाट बैदेसिक रोजगारी तथा व्यवसाय गरि कतारमा बसेका जिल्ला वासीहरुको साझा संस्थाको रुपमा चिरपरिचित अर्घाखाँची सेवा समाज कतार “प्रवासमा अर्घाखाँची बासी एक हौ,नेपाली समाजका लागि केहिगरौं” भन्ने मूल नारा लिएर सन २००६ मा स्थापना भइ कतारमा बिभिन्न सामाजिक कार्यमा अगाडि आउने सस्थाका रुपमा चिनिन्छ । त्येस्तै बारा र पर्सामा आएको प्राकृतिक प्रकोपमा परेका पिडित नेपालीहरुको आसु पुछीदिन पनि यस सस्थाले एनआरएनए  कतार संग समन्य गरेर आर्थिक रकम सहयोग गरेको थियो ।

समाजले जिल्लामा मात्र सिमित नभएर नेपालका विभिन्न ठाउँका दुखी पिडित र असायहरुलाई उद्धार तथा आर्थिक रुपमा सहयोग पनि गर्दै आएको छ

त्येस्तै निबर्तमान अध्यक्ष ठाकुर कुमार परियारको कार्यकालमा सस्थाको एकदमै पबित्र कार्य “ एम्बुलेन्स”  खरिद गरि जिल्लामा भब्य कार्यक्रम गरेर सन्धिखर्क स्थित ल्शिद्देस्वर शिवालय तथा आनन्द बृद्धालाई एम्बुलेन हस्तानतरण कार्य पनि गरेको थियो ।

 


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46