आइपिएलको युवा उदयीमान खेलाडीमा लामिछाने अगाडी

मुग्लानी खबर ०४ बैशाख 

इन्डियन प्रिमियर लिग (आइपिएल)ले हरेक बर्ष दिने उदीयमान युवा खेलाडी अवार्डको भोटिङमा दिल्ली क्यापिटल्सबाट खेलीरहेका नेपाली सन्दिप लामिछाने सबैभन्दा अगाडि छन् ।

४ खेलमा ५ विकेट लिएका सन्दीपले मंगलबार दिउँसोसम्म ६० प्रतिशत भोट नाघेको छ । रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराजले ३७ प्रतिशत भोटमा पछ्याइरहेका छन् ।

इमरर्जिङ प्लेयर अवार्डको मनोनयनमा परेका अन्य खेलाडीहरु मुम्बई इन्डियन्समा राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल भने भोटिङमा निकै पछि छन् ।

उदीयमान खेलाडीको विजेता आम मानिसको भोटसँगै टेलिभिजन कमेन्टटर्सहरुको रोजाईका आधारमा हुन्छ ।

 


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46