नेपालको भुउपग्रहले कहिलेदेखी पृथ्वीको परिक्रमा गर्दैछ?

मुग्लानी खबर-२७ जेठ

अन्तर्राष्ट्रिय अन्तरीक्ष कक्षमा रहेको नेपाली भु उपग्रहले यहि आउदो असार २ गते देखि पृथ्वीको कक्षमा परिक्रमा गर्ने बताईएको छ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी गराए अनुसार नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिए पश्चात् नेपाली समयानुसार सो दिन उक्त भूउपग्रह पृथ्वीमा छाडिने भएको हो।

सरकारले नेपालमा सन् २०१७ देखि निर्माणको लागि योजना अघि बढाएको उक्त भूउपग्रह डेढ महीनाअघि नै ४०० किलोमिटर माथि आकाशबाट अन्तरिक्ष यान पृथ्वीको सतहमा जोडिन सफल भइसकेको छ । जाक्साले सो भूउपग्रह निर्माणका लागि नमूना तयार गरी सफल बनाएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए र उक्त प्रविधिलाई सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ ।

भू उपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण देखाउनेछ”, ढकालले भने, “जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा) का दुई जना विज्ञ नेपाल आउने तयारी भइरहेको छ ।” त्यस दिन २० मिनेटको अन्तरमा पहिला नेपालको नेपाली स्याट–१ त्यसपछि श्रीलङ्काको रावन–१ अन्तिममा जापानको युवुसु भूउपग्रह प्रक्षेपण हुने बताइएको छ ।
नाष्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजेदेखि कार्यक्रम शुरु हुनेछ । यस भूउपग्रहको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुने समेत बताईएको छ। यो समाचार हाम्रा कुरा डटकम मा उल्लेख गरिएको छ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *