“सकारात्मक सोच:रचनात्मक जीवन” कार्यक्रम दोहामा!

मुग्लानी खबर- १ साउन

सकारात्मक सोच:रचनात्मक जीवन” नामक यहि आउदो १९ तारिख शुक्रबारको दिन सम्पुर्ण कतारमा कार्यरत नेपालीहरुको लागि जिवन उपयोगी “सकारात्मक सोच:रचनात्मक जीवन” कार्यक्रम हुने भएको छ।

मानव सेवा आश्रम केन्द्रिय कोषको सहयोगार्थ हुन लागेको कार्यक्रम ‘सकारात्मक सोच:रचनात्मक जीवन’को तयारी करिब पुरा भईसकेको आयोजक गोरखा सेवा समाज कतारले जनाएको छ lकतारको नज्मा स्थित सालिमार रेस्टुरेन्टमा हुन लागेको उक्त कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिने भएकोले प्रमाण पत्र बनाउने सहजताका लागि अन्तिम नामवली दिन समेत सस्थाले सबैमा अनुरोध गरेको छ l

एशिया महादेशकै उत्कृष्ट १० मा पर्न सफल उत्प्रेरक, योग तथा मानव चेतनामा स्वर्ण पदक बिजेता, वागमती सफाइ महाअभियानका परिकल्पनाकार,राष्ट्रप्रेमि एवम बहुआयामिक ब्यक्ती डा. राजु अधिकारी कतारमा पहिलो पटक आउने भएका छन।त्यसैगरी कार्यक्रममा मानब सेवा आश्रम नेपालका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक रामजी अधिकारीको प्रशिक्षण तथा डा राजु अधिकारीले योग विज्ञान तथा मानव चेतनाको योग प्रशिक्षण दिने कार्यक्रम रहको बताईएको छ।देशका सरकारी कार्यलय ,आर्मी क्याप लगाएत विभिन्न सार्बजनिक स्थानहरुमा प्रशिक्षण दिदै समाजमा मानव सेवाका प्रवर्द्धनमा टेवा पुर्याउदै हालको यो स्वार्थी संसारबाट मुक्त हुने मार्गदर्शन देखाउदै असहाय र दीन दुखीहरूका सेवक तथा उत्प्रेरक मानवसेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीको कतारमा यो कार्यक्रम दोस्रो रहेको बताईएको छ।

गोरखा सेवा समाज कतारको आयोजना मा हुन लागेको उक्त कार्यक्रमलाई आर्थिक भौतिक नैतिक सहयोग गर्ने विभिन्न संघ सस्थाहरु रहेका छन गण्डकी  प्रदेश समन्वय परिषद कतार , स्याङ्गजा सहयोग समाज कतार, कास्की आदर्श समाज कतार , म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार , बाग्लुंग सेवा समाज कतार , तनहु सेवा समाज कतार, लम्जुङ्ग सेवा समाज कतार , विवेकशील नेपाली कतार, तमु प्यु ल्हु संघ कतार, नेपाल मगर संघ शाखा कतार र पर्वत समाज कतार गरि १२ संघ-संस्था हरुको प्रत्यक्ष रुपमा सहयोग रहने समेत बताईएको छ।

शुक्रबार बिहान ९ बजेबाट नज्माको सालिमार रेस्टुरेन्टमा हुने कार्यक्रममा सहभागीलाई बिहानको खाना , कापी कलम, प्रदान गरिने सम्योजक रामजी खत्रीले जानकारी गराउदै नाम दर्ता गराउनु भएका सम्पुर्णलाई समयमा उपस्थित हुन समेत अनुरोध गरेका छन।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46