छिमेकी मार्ट लिमिटेडको भाग्यशाली चिट्ठा ३ तोला सुन कस्ले जित्यो?

मुग्लानी खबर-१२ श्रावण

काठमान्डौ-छिमेकी मार्ट लिमिटेडको भाग्यशाली चिट्ठाबाट ३ तोला सुन को को ले पाए?

छिमेकी मार्टले लिमिटेडको मुख्य शाखा रामहिटीबाट शुसिल क्षेत्री कुपन न. २३९१ दोस्रो शाखा सरस्वतीनगरबाट युवराज चौलागइ कुपन नम्बर ३१७५ तेस्रो शाखा शिव चोकबाट रामनाथ कोइराला कुपन नम्बर २२०३ एक एक तोला सुन पाउन सफल भएका छन।

छिमेकी मार्ट लिमिटेडद्वारा ७ औं वार्षिकोत्सवका अवसरमा भाग्यशाली उपहार योजना खोलिएको थियो। उक्त भाग्यशाली उपहार प्रत्येक शाखामा एक एक तोला सुन राखिएको थियो।
छिमेकी मार्टलेे पाँच महिना अघि ग्राहकका लागि यो योजना ल्याएको थियो। त्यस अन्तर्गत मार्टमा पाँच सय बराबरको किनमेल गर्दा एउटा कुपन पाउने व्यवस्था गरिएको थियो। सोही कुपन मध्येबाट एकजना ग्राहकलाई एक तोला सुनको उपहार थियो।

कार्यक्रममा सञ्चालक संयोजक कुन्छा तामाङ,बुद्धिमान तामाङ, सुर्य दोङ तामाङ, रोशन दोङ तामाङ, थर्चा लामा तामाङ, नेत्र कुमार तामाङ,बुद्ध योन्जन तामाङ,भगवान प्रधान,सबिन लो तामाङ लगायतको उपस्थित रहेको थियो।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46