प्रचण्डद्वारा पुर्बराजा ज्ञानेन्द्र शाहलाई दिइएको अभिव्यक्ति निन्दनीय – राप्रपा ( संयुक्त) नेतृ दिलमाया तामाङ(राना)

मुग्लानी खबर-२० साउन

सतारुढ दलका शिर्षनेता पुष्पकमल दाहाल “प्रचन्ड”ले पुर्बराजा ज्ञानेन्द्र शाहप्रती दिईएको अभिब्यक्ती निन्दनीय भएको राप्रपा ( संयुक्त) नेत्री दिलमाया तामाङ ( राना)ले बताएकी छिन।


जनताको नासो जनतालाई नै अत्यन्तै सौहार्द रुपमा फिर्ता गरि साधारण जीवन यापन गरिरहेका पुर्बराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटि दरबारबाट लखेटिएको र अब नागर्जुन दरबार बाट पनि लखेट्ने भनेर दिइएको अभिव्यक्ति क. प्रचण्डको मानसिक असन्तुलको उपज रहेको बताएकी छन।

रामेछाप जिल्लामा आयोजित एक कार्यक्रमका अवसरमा क. प्रचण्डले पुर्बराजा ज्ञानेन्द्रले फेरि बकबक गर्न थालेका छन यस्तै गरे नागर्जुन दरबारबाट समेत लखेट्छौ भनेर दिईएको अभिव्यक्ति प्रती राप्रपा ( संयुक्त) नेत्री तामाङ्ले घोर बिरोध गर्दै एउटा नेपाली नागरिकलाई विभिन्न ब्यक्तिगत रिसिबी र रोष प्रकट गर्दै पटक पटक यस्ता धम्किपुर्ण अभिव्यक्ति दिनु एउटा नागरिकको नैसर्गिक अधिकारको हनन हुने समेत ठहर गरेकी छन।

उनले आक्रोश प्रकट गर्दै भनेकी छन बिदेशीको सामु लम्पसार पर्ने विदेशी जमिनदारका खेतालाहरु जुन थालमा खायो त्यही थालमा थुक्ने प्रवृत्ति छिछिछि……. धिक्कार छ। तिमिहरुलाई यो देश कसैको दाइजो बाट आएको, भिख मागेर पाएको चाकरी गरेर प्राप्त गरेको सम्पत्ति होइन यो देश शाह वंशीय राजा र राणाहरुले बनाएको देश हो त्यसैले यो गौरवशाली इतिहास बोकेको राजसस्था नेपाल र नेपालीको आस्थाको धरोहर हो,यो देशको पहिचान हो,नेपालको शान हो, मान हो,सम्मान हो र तीन करोड जनताको धड्कन हो स्मरण रहोस राजा ज्ञानेन्द्र शाहलाई नारायण हिटीबाट लखेटिएको गम्भीर आरोप प्रती घोर भर्सना गर्दछु। १९ दिने जनआन्दोलनमा राजाको जनचाहना अनुरुप आफुलाइ जनताको पक्षमा उभ्याएको जनताले खोजेको संसद ब्युताइ दिएका हुन।संसद ब्युताउनु रास्ट्रघात हुन्छ भन्ने सोचेका थिएनन् ।
जुन रास्ट्रघाती साबित भयो।
गणतन्त्र डुङ्डुङ्ती गनायो!
लोकतन्त्र लूटतन्त्रमा परिणत भयो!
१७००० नेपाली जनता मारियो!!
राजसस्था खोसियो!!
९४% ओमकार परिवार भएको नेपालको पहिचान हिन्दुरास्ट्र खोसियो।
राजतन्त्रलाई निरङ्कुश तन्त्र,शान्ति र समृद्धिको बाधक भनि किनारा लगाएका बाघ अनुहारका लम्पसारबादी बनबिरालाहरु लोकतन्त्रको अनुहार ऐनामा हेर?
लोकतन्त्र आएर जनताले के पाए??
सामन्तवाद विरुद्ध लडेका भनाउदाहरु आफै सामन्ती बने,राजा फालेर महाराजा ,महारानी बने
देशलाई भन्दा दामलाइ महत्त्व दिन्छन् नेपाली जनतालाइ सोस्ने आफू र आफन्तहरुलाइ पोस्ने काम गर्दैछ्न।कस्ता माओ, मार्क्सबादीका चेला हुन? त्यस्तै लोकतन्त्र सत्ता स्वार्थका पिरामिट बनायो।
आज देशमा जताततै भ्रष्टाचार,अपराधीक प्रवृत्ति,नाताबाद, कुशासन , गरिबी, बेरोजगारी, अशान्ति जस्ता समस्याहरु व्याप्त छन् । यो भन्दा पनि ठूलो विडम्बना के हो भने सताब्दियौ देखिको हाम्रो धर्म,सस्कृती, परम्परा, जातिय सदभाव र भाईचारा सहितको यो हाम्रो सुन्दर देश नै विघटनको अवस्थामा पुग्ने सम्भावना देखिन्छ।

अब लखेटने पालो देश द्रोही रास्ट्रघाती सत्तासीनलाई हो।
नामले मात्र हुने भए धनबहादुर किन मगन्ते हुन्थ्यो नेत्रबहादुर किन अन्धो भएर अन्धकार जीवन जिउनु पर्थ्यो।
राजनिती मूल्य भनेको नैतिकता हो नैतिकता नै नभएको ब्यक्ति “न असल नेता नत रास्ट्रवादी” भन्ने भनाइ छ नेताको नीति चेतना र इमान चाउरिएपछी देश भुमरीमा फस्छ भनेझैं नेपाललाइ आधुनिकताको नाममा ढुङगे युगतिर धकेलिनुले गणतान्त्रिक राजतन्त्रको पुर्वसंकेत हो।जुनकीरीको पिधले स्वर्ग उज्यालो हुने भए सुर्यको प्रकाश किन चाहिन्थ्यो त्यस्तै सत्ताधारी जुनकीरीको पिधको पिलपिले झिल्का सम्म बन्न सकेन।

रामायण कथामा माता सिताले लक्ष्मण रेखा नाग्दा राम रावन युद्ध भयो त्यस्तै लोकतन्त्रको वितन्डा कथा शुरु हुदैछ रास्ट्र र रास्ट्रीयता माथिको खेलवाड गर्ने कसैको राम्रो इतिहास छैन।स्मरण रहोस् रामराज्य इतिहास दोहोरिदै छ।
विश्व इतिहास हेर्दा थाइल्यान्ड, बेलायत लगाएतका देशहरुमा राजतन्त्र फर्केका छ्न ।हामिले बिर्सनु हुन्न १२ वर्षमा खोलो पनि फर्कन्छ भन्ने मान्यता भएको मुलुक हो नेपाल त्यसैले गौरवशाली इतिहास बोकेको राजसस्था फर्कन्छ, पुनः स्थापित हुन्छ।धन्यबाद।।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46