झापा जलथलका क्यान्सर पिडित १२ वर्षिय गोपि लाई साउदीबाट आर्थिक सहयोग हस्तान्तरण !

मुग्लानी खबर २४ साउन

साउदी अरबको पूर्वी क्षेत्रमा अवस्थित प्रतिष्ठित शहर दमाममा व्यवसाय तथा मानव सहयोगमा तल्लिन कन्काई ३ झापा सुरूङ्गा निवासी कमल प्रसाद खरेल र झापा कै अमर राईको संयुक्त पहलमा क्यान्सर पिडितलाई अार्थिक रकम संकलन गरेका छन् |

झापा हल्दिवारी गाउँपालिका -साबिक जलथल ७ अधिकारी चोक निवासी कुमार दंगालका सुपुत्र १२ वर्षिय बालक गोपि चन्द्र दंगाललाई ब्लड क्यान्सर जस्तो प्राण घातक रोग संग संघर्ष गरि रहेको अवस्थामा घरको अार्थिक स्थिति कम्जोर हुँदा उपचारका निम्ति मनकारी नेपाली श्रमिकहरू द्वारा अार्थिक रकम जम्मा गरि हस्तान्तरण गरेका हुन् |

मृत्युसंग लडिरहेको अवस्थामा, उनको थप उपचारको निम्ति, साउदी अरबमा बस्ने नेपाली हरुबाट १ लाख ९ हजार ६ सय १२ रुपैया आर्थिक जुटाएका हुन | मुग्लानी खबरलाई जानकारी गराउदै व्यवसायी खरेलले बताउनु भयो,अत्यान्तै सहयोगी मनका धनी कमलको भनाई दिएर खान पुगोस् ,हामी अाम नेपाली श्रमिकहरूले एक दिनको खाजा कटौटी गरे मात्र पनि गोपि जस्ता हजारौं दु:खी पिडित नेपालीहरूको प्राण जोगाउन सकिन्छ भन्दै दंगालको उपचारमा सबैले हातेमालो गर्दै वालकको ज्यान बचाउन अा-अाफ्नो ठाउँबाट सहयोग गरि दिन अपिल समेत गरेका छन!!


अन्त्यमा खरेलले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै रोजगारिको शिल्शिलामा साउदीअरबमा बस्दै आउनु भएका नेपाली हरु र केही बिदेशी नागरिक हरुको सहयोगमा गोपी चन्द्र दंगाल को बुवा कुमार दङाल लाई रु. १ लाख ९ हजार ६ सय १२ रुपैया रविन न्यौपाने ज्यु को हात बाट हस्तान्तरण भएको बताउदै सम्पूर्ण सहयोगिहरूलाई धन्यवाद समेत दिए !!


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46