कविता ( ऐ आमा—-!बेनाम बन्दै मर्दैछ ।

मुग्लानी खबर साउन २८

नीमा भुटिया जलढक्का/कालेबुङ्ग
भारत

बेनाम मर्दैछ

मुहार पनि चिन्न नसकी
तिम्रो छोरोहरू यहाँ
ऐ आमा—-!
बेनाम बन्दै मर्दैछ ।
खै—–!


बाबुको तक्माहरूको यहाँ इज्जत रहेन भनी
तिम्रो छोराहरूले दिएको रगतको कुनै मोल छैन ।
बलीको बोका झै यहाँ
ऐ आमा—-!
तिम्रो छोरोहरूलाई दिनहुँ चढाउँछन्
बैरीहरूको हात—हातहरूमा कुनै संकोच नमानी यहाँ
मरेपछि एउटा सुन्दर कफन र तिरंगाको इनाम दिन्छन् ।
तर यहाँ तिम्रो छोरोहरूलाई मान्छे गन्दैनन् ।
कति स्वार्थी छ यहाँ
यो सरकारको मुकुण्डो लगाई बसेकाहरू
केवल आफ्नोहरू मात्र मान्छे भन्छन्
कस्तो अचम्म यहाँ
जब देशले रगत माग्छ
तब बीर गोर्खालीहरु हौं भनी अघि बढाउँछन् ।
जब उसको अधिकार दिने कुरो आउँछ
तब सरकारका ती नयनहरू बन्द हुन्छ ।
कस्तो अचभ यो देशमा
कहिलेसम्म चलिरहने यस्तो चलन यहाँ
नगर अब सरकार तिमीले यस्तो
नत्र भोलि फेरि रगतको मोल दिनु तिमीलाई गाह्रो होला—-!!


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46