राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कतार साखाको अध्यक्षमा शक्ति क्षत्री ।

मुग्लानी खबर- ३२ साउन

सम्पादक

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कतार साखाको २०१९-२०२१ कार्यकालका लागी हिजो १६ अगस्ट २०१९ का दिन भएको दोस्रो अधिबेसनबाट अध्यक्षमा शक्ति क्षत्री निर्बिरोध चयन भएका छन।


प्रतिस्ठानका का.वा. अध्यक्ष शक्ति क्षेत्रीको सभापतित्व तथा एन आर एन ए(Icc ) मध्यपुर्ब उपसंयोजक प्रबिण गुरुङ्को प्रमुख आतिथ्यमा भएको थियो साथै कतारमा स्थापित विभिन्न सामाजिक, बैचारीक, प्रादेसिक जिल्लागत लगायतका संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहनुका साथै ब्यबसायि,बुद्धिजीवी ,कलाकार, पत्रकार,समाजसेवी र नेपाली कला गला र सस्कृतिलाई औधी माया गर्ने नेपाली दाजुभाई दिदिबहिनिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम दिप प्रज्वलन गरि औपचारिक रुपमा शुरूवात गर्दै सामुहिक राष्ट्रिय गान पश्चात् सम्पुर्ण ज्ञात अज्ञात सहिदप्रती एक मिनेट मौनधारण गरिएको थियो।कतारको सनैया स्थित लालिगुरास रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा उपस्थित सम्पुर्णलाई नानू घलेलको स्वागत मन्तब्य तथा लक्ष्मी गीरीद्वारा प्रस्तुत नृत्यद्वारा स्वागत गरिएको थियो।

हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहान” भन्ने मुल नारा लिएर प्रतिष्ठान सामाजिक संस्थाको रुपमा २०५८ सालमा स्थापित भएको हो।

नेपालका विभिन्न क्षेत्रमा प्रचलित/ कुना कन्दरामा लोप हुन थालेका वा ओझेल परेका मौलिक भाकाहरुलाई प्रबासमै बसेर पनि जगेर्ना गर्ने उदेस्य स्वरुप सन १० नोभेम्बर २०१७ का स्थापित लोक तथा दोहिरी गीत प्रतिस्ठान नेपाल कतार साखाका सचिवालय सदस्य तिलु शर्मा पौडलले संस्थागत कार्य प्रगति बिबरण प्रस्तुत गरेका थिए भने २०१७-१९ कार्यकालको आर्थिक प्रगति प्रतिबेदन कोषाध्यक्ष ईमान सिह ठकुरीले पेश गरेका थिए

बिभिन्न कलाकारहरुका प्रस्तुती सङ्गै अगाडी बढिरहेको कार्यक्रममा प्रतिस्ठान कतारमा स्थापित सबै सस्थाभन्दा पृथक भाव भएको समग्र नेपालको पुर्ब मेची पश्चिम् महाकाली सम्मको सास्कृतिक धरोहरको प्रतिनिधित्व गर्ने सस्था भएकोले बिगतमा भएका गल्ती कमजोरीहरुलाई सुधृढ गर्दै आगामी दिनमा उत्तरोत्तर प्रगती हओस भन्दै अधिबेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए।त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी प्रबिण गुरुङले आफु स्वयं सास्कृतिक परिबेशमा कार्य गरिरहेको हुदा संस्थालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता गर्दै उपस्थित सम्पुर्णलाई धन्यबाद दिएका थिए प्रमुख अतिथी गुरुङले गरेका थिए ।कार्यक्रमका सभापति क्षेत्रीले अधिबेशन सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद दिदै अधिबेशन बन्द शत्रमा प्रवेश गरेको जनाउदै प्रथम सत्रको कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजीकरण शिवराम ढकालले गरेका थिए।


बन्द शत्रले आगामी २०१९-२१ कार्यकालका लागि शक्ति क्षेत्रिको अध्यक्षतामा १७ सदस्यिय कार्य समिति निर्बिरोध चयन गरेको छ । जस्को प्रथम उपाध्यक्ष शिवराम ढकाल, दित्तिय उपाध्यक्ष ईमान सिहं ठकुरी, महिला उपाध्यक्ष नानु घले, सचिव तिलु शर्मा पौडेल, सह सचिव रघु नाथ शर्मा, महिला सचिव सन्ध्या अर्याल, कोषाध्यक्ष लेखनाथ रिमाल, सह कोषाध्यक्ष रिदिसा चापागाई रहेका छन त्यस्तै महिला सदस्यमा मेनुका खतिवडा, लक्ष्मि गिरी र सदस्यहरुमा क्रमस कृष्ण प्रशाद ढकाल, प्रेम ब गुरुङ, बिकास लामिछाने, दामोदर भुषाल, धनश्याम तिवारी, दिपेन्द्र सुनार सहेका छन ।
नव निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक रामहरी गैर्हेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । “


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46