७३ बर्षिया बरिष्ठ कलाकार सुभद्रा अधिकारीको दुखद निधन

मुग्लानी खबर- ३२ साउन

नेपाली चलचित्रमा अभिनय गरि ठूलो योगदान पुर्याएकी वरिष्ठ कलाकार ७३ बर्षिया सुभद्रा अधिकारी यो धर्तिबाट बिहान ८ बजे अस्ताएकी छिन।


सयौ नेपाली चलचित्रमा अभिनय गरेकी वरिष्ठ कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा आज शनिबार बिहान करिब ८ बजेतिर आफ्नै निवास डल्लुमा निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले विभिन्न संचार माध्यामलाई जानकारी दिएका छन।

लामो समयदेखी दमको रोगबाट ग्रस्त कलाकार स्व. अधिकारी
विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा पहिलो पटक यो धर्तिमा पाईला टेकेकी थिइन। कलिलो बाला पन बाटै कलाकारिता क्षेत्रमा हात हालेकी अधिकारीले पाच बर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् भने ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा औपचारिक रुपमा सुरु भएको देखिन्छ ।

कलाकारिता क्षेत्रमै आफ्नो जीवन समर्पण गरेकी स्व. अधिकारीले नाट्य कलाकार कृष्ण अधिकारी सङ बिहे गरेकी थिइन भने उनका श्रीमान कृष्ण अधिकारीको पनि यसअघि नै निधन भइसकेको छ।स्व. सुभद्रा अधिकारीको पार्थिब शरिरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने समेत बताईएको छ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46