चर्चित गायिका मिना बुढाथोकी कतार आउदै।

मुग्लानी खबर-५ भदौ

चर्चित लाइभ लोक तथा दोहोरी गायिका मिना बुढाथोकी यहि ३० अगस्ट २०१९ का दिन तिज विशेष सास्कृतिक धमाकालाई सुनमा सुगन्ध थप्न कतार आउदै छिन।


“यस्ता सङ के नाता जोड्ने हो….बिहे गर्दैन बिगार्दै छोड्ने हो….. माटो काटी चपरी आलिमा ……” जस्ता मिठा गीतका शब्द भावमा गीत गाउन सक्ने दख्खल भएकी दङाली गायिका दाङ देउखुरी सेवा समाज कतारको निमन्त्रणामा आउने भएकी छिन। पछिल्लो समय सामाजिक कार्यमा अत्यन्तै सक्रिय तथा स्थापना कालदेखी नेपाली मौलिक सास्कृतिक पहिचानलाई प्रबासबाटै संरक्षण सम्बर्धन गर्दै सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर रहेको समाजले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज लाई भब्य रुपमा मनाउन दङाली चर्चित गायिकाहरु द्वय भुमिका गीरी र मिना बुढाथोकी आउने भएका हुन।

जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्ति कोषको स्थापनार्थ हुन लागेको उक्त कार्यक्रममा पुर्बयोजना अनुसार चर्चित गायिका टीका सानू र भुमिका गीरी आउने भएता पनि गायिका टीका सानुको “ताक परे तिवारी नत्र गोतामे” भने झै आयोजकले कतार आगमनका लागि सम्पुर्ण भिसा,टिकट लगाएतका सामाग्री उपलब्ध गराईसके पनि जापानको भिसा लागे पछि कतार आउन नसक्ने भन्दै फेसबुक लाईभ द्वारा क्षमा याचना गरेकी थिइन।


कार्यक्रम नजिकै गर्दा आयोजकलाई गायिका टीका सानू द्वारा धोका भएपछी दर्शक तथा श्रोताहरुलाई असर नपरोस भन्ने मनसायले टीका सानू भन्दा अझै मिठो स्वर जस्तोसुकै लोक तथा दोहोरी गीतमा ट्क्कर दिन सक्ने खुबी भएकी गायिका मिना बुढाथोकीलाई आमन्त्रण गरिएको छ भने आयोजक लगाएत कतारबासी दाजुभाई तथा दिदी बहिनिहरुले तिज विशेष धमाका अत्यन्तै भब्य हुने बिस्वास लिएका छन।

कतारबाट जिल्ला बासी संस्थाद्वारा आमन्त्रित भएपछी गायिका बुढाथोकीले आफ्नो फेसबुक स्टाटस मार्फत सम्पुर्ण दोहा बासी नेपाली दाजुभाई दिदिबहिनिहरुलाई उपस्थित भैइ भरपुर मनोरञ्जन लिन अनुरोध गर्दै समाज प्रती आभार ब्यक्त गरेकी छिन।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46