बोन म्यरो पिडित सुनिता गुरुङलाई तमु प्ये ल्हु संघ कतारबाट आर्थिक सहयोग

मुग्लानी खबर भाद्र ५
दोहा कतार :
गत वर्ष देखि बोनम्यारो क्यान्सर रोगबाट पिडित हाल काठमाण्डाै स्थित सिभिल अस्पतालमा उपाचार गराई रहनु भएकि कास्की ,मोरिया स्थाई घर भएकी २७ बर्षिय श्रीमति सुनिता गुरुंङलाई कतारमा कार्यरत मनकारी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सकृयतामा उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन गरिएको छ।

दुखमा हात तपाईं हाम्रो साथ अनि सेवानै धर्म हो भन्ने उक्तिलाई अनुसरण गरि पीडितलाइ उपचार कार्यमा केहि सहयोग होस भन्ने हेतुले पिडितको आर्थिक स्थिति कमजोर भएको र उक्त रोगको लागि आबस्यक धनरासी जुटाउन समस्या भएको र पीडित द्वारा पठाउनु भएको आर्थिक सहयोग गरि पाउ भनि अपिल पत्र प्ये ल्हु संघ कतार साखाका कार्यकारी सदस्य जित ब.

गुरुङ्ग(अन्जिब)बाट पेश भएको र उक्त पत्र लाई आधार मानी अध्यक्ष रबिन्द्र प्ल्हे तमुको अनुमतिमा संघका कोष-अध्यक्ष केशु ल्हेगे तमु , उपसाखा संयोजक क्षेत्र बा थिम्चे तमु , र सदस्य अन्जिब योज तमुको बिशेष पहलमा दोहा बासी नेपाली दाजु भाइ साथै संघमा आबद्ध पदाधिकारी एवं सदस्य साथिहरुको साथै कास्की आदर्श सेवा समाज कतारको पहलमा सहयोग अभियान सुचारु गरिएको थियो उक्त अभियानबाट तमु प्ये ल्हु संघ कतार साखाको मातहतमा जम्मा नेपाली रुपिया १,३७,४७५/- (अक्षरुपी एक लाख सैतिस हजार चार सय पचात्तर मात्र) र कास्की आदर्श सेवा समाज कतारको तर्फबाट ४६,६३२ (अक्षरुपी छ्यलिस हजार छ सय बत्तिस ) गरि जम्मा नेपाली रुपैयाँ १ लाख ८५ हजार उननब्बे मात्र संकलन भएको थियो ।

हाल बिरामिको स्थित बुझ्दा केही समय सम्म भेट गर्ने सम्भावना नरहेकोले बिरामी एवं पारिवारिक रायसल्लाह अनुसार निज बिरामी सुनिता गुरुङको रेखदेख एवं आर्थिक जिम्मेवार बहन गर्दै आउनु भएको बिरामिको दाजु श्याम गुरुङ्ग र भाइ सुबिन गुरुङ्ग लाई उक्त रकम गत साउन २६ गते काठमाडौ सामाखुसी अबस्थित रातो भाले रेस्टुरेन्टको सभाहलमा एक समारोह बिच नेपाली रुपैयाँ १ लाख ८५ हजार उननब्बे संयुक्तरुपमा हस्तान्तरण गरियो।

उक्त संकलित रकमलाई तमु प्ये ल्हु संघ काठमाण्डाैका अध्यक्ष तथा पूर्व आइ जी पी हेम बहादुर त्होर्जे तमु को संयोजकत्वमा , तमु प्ये ल्हु संघ कतार साखाका नेपालमा बिदामा रहनु भएका संघका सास्कृतिक संयोजक शिबराज च्हाक्ली तमु , महिला सदस्य सानू क्रोम्छे तमु र कास्की आदर्श सेवा समाज कतारका प्रतिनिधित्व गर्नु हुने भिम गिरि तथा तनहु छिम्केस्वरी तमु समाजका अध्यक्ष एबं दृतिय उपाध्यक्ष TPLS Ktm का पुर्ब लप्टन कर्नेल अन्त सिङ पह्च्यु तमु लगाएत प्ये ल्हु संघ काठमाण्डाैका पदाधिकारिहरु क्रमश: महासचिब लोक ब. क्रोम्छे तमु , प्रचार प्रसार सचिब लाल ब ल्हो तमु , र कोषाध्यक्ष शिरी प्रसाद च्हाक्ली तमुहरुको उपस्थितिमा संयुक्त रोहवरमा रकम हस्तान्तरण गरिएको थियो।

हस्तान्तरण कार्यक्रमको समन्वयकारी भुमिका संस्थाका सस्थापक अध्यक्ष एवं बर्तमान संरक्षक युद्ध जङ पह्च्यु तमुले गर्नु भएको थियो।

तमु प्ये ल्हु संघ कतार परिवारको अभियानमा आफ्नो साथ र सहयोगी भावनाले सहयोग गर्नु हुने कास्की आदर्श सेवा समाज परिवार र सम्पुर्ण मनकारीदाताहरु लाई हार्दिक आभार प्रकट ब्यक्त गर्दै । यस संकलित सहयोग रकमलाई ब्यबस्थित रुपमा जिम्मेवारी पुर्ण तरिका बाट आफ्नो अमुल्य समय दिनु भइ सम्बन्धित पक्ष सम्म पुराउन ठुलो सहयोग गर्नु हुने तमु प्ये ल्हु संघ काठमाडौ परिवार अध्यक्ष एवं पुर्ब IGP हेम ब. त्होर्जे तमु र कास्की आदर्श सेवा समाज कतारका प्रतिनिधि भिम गिरि साथै tpls qatar का बर्तमन सांस्कृतिक संयोजक शिबराज च्हक्ली तमु र महिला सदस्य सानू क्रोम्छे तमुस्यो हरु सबैलाई धन्यवाद आभर प्रकट गरेको छ ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46