रबिको रिहाई राजनीतिको एक बिपरित सत्यताको उपज हो |

मुग्लानी खबर-१० भदौ
राजेश `बिद्रोही´

Journalist and TV Presenter Rabi Lamichhane

यथार्थ थाहा छैन प्रवासीनु पर्ने बाध्यताहरू देशलाई संझिदा धेरै बिडम्वनाहरू छन् म कलम जिवि त पक्कै हुन पनि सक्दिन सर्बसाधारणमा पनि सामान्य मानव हुँ रेगिस्तानमा श्रम शोषण गराउँन बाध्य बनेको सायद दलाल,भ्रष्टचारी र शोषक बर्गहरू नै पर्दैनन् भन्न सक्दिन किन कि म पनि सस्तो श्रम शोषण गराउ बाध्य बन्ने एक अशल कर्मठ नेपाली मजदुर अन्तर्गत नै पर्दछु |

मैले प्रवास बसाईमा धेरै परिपाटीका अनुयायीहरूको समाज सेवी बनेर सिधा सोझा कामदारलाई हतियार बनाउने महामानवहरूको दृश्य नजिकैबाट सुक्ष्म अनुसन्धान गर्ने अवसर संगतले नै जुटायो झोलेहरू नै हुन भन्न पछि पर्छु किनकि हतियार बनाएर हत्या गरि कर्मठ मन्दिरका पुजारीहरूको अनुसन्धान कि त सम्पतीले गर्छ कि त पहुँचले | त्यति भएन भने बिलिन हुन बाध्य बनाउँछन् उदाहरण सालिकराम पुडासैनी बने एक तिरमा दुई सिकार रबि लगायत अन्य स्वार्थका लागि सामेल गराए कलियुग भए पनि पुरातनवादी शक्तीको अन्त्य अग्रगामीहरूको एक उदाहरणकोल चुनौती पनि हो|

सत्य त के हो थाहा छैन अान्तरिक कुरा हरेक मान्छेका कसैका देवात्मा हुन्छन भने कसैका राक्षस तर …..कसैले अाव्हान नै नगरि जम्मा भएका चितवनमा भेडाहरुले राणा शासन फालेका थिए, पञ्चायत फालेका थिए र राजा फालेका थिए । भ्रम नपराेस गणतन्त्र फाल्ने अवस्था अायाे भने पनि यिनै भेडाहरु काफि हुनेछन । मैले नबुझेकाे कुरा के हाे भने अब कुनचाहीं तन्त्रकाे लागि जनताहरू तयार नहोलान त सत्यको पक्षमा ?

ठूलावडाहरू अा-अाफ्ना नन्दि भृङ्गिहरुलाई काबुमा राख्नुस र देश निर्माणकाे काममा तु लगाउन तयार हुनुहोस् । कमसेकम गणतन्त्र भनेकाे निमुखा जनताकाे हक अधिकारका लागि हाे भन्ने अाभास त दिलाउनुस अनि अरुलाई गालि गर्नुस । म जस्ताे सामान्य स्वतन्त्र मान्छेले प्रत्यक्ष अनुभव गरेकाे के हाे भने जताततै ठगि, लुट,गुन्डागर्दी र भ्रष्टाचार व्याप्त छ, याे सरकारी संयन्त्रकै सुचकहरुले बताईरहेका छन, हरेक सेवाग्राहीहरुले अनुभव गरिरहेका छन । यसरी हरेक ठेक्का पट्टामा भागवण्डा गरेर तल्लाे तह देखि माथिल्लाे तहसम्म कमिशन हसुरि रहने हाे भने कलङ्किकाे खाेलाे घरमा पसे झैं याे फ्रस्टेड मासले तिम्रो व्यवस्थाकाे पत्ता साफ गर्न बेर लाउने छैन !

उनी आज तारेखमा छुटुन वा थुनामै रहुन् उनीलाई अहिले नै दोषी वा निर्दोषी भन्न मिल्दैन । त्यो सक्षम अदालतले अनुसन्धान गरी अन्तिम फैसला गरेपछि मात्र थाहा हुने कुरा हो । कामना गरौँ उनी निर्दोष ठहरिने छन् । अदालतको फैसलाले उनी दोषी, निर्दोषी जे सुकै ठहरे पनि अहिले उनको समर्थनमा देखिएको विशाल समर्थनलाई भने गम्भिर ढंगले अध्ययन विश्लेषण गरी ऐतिहासिक पाठ सिक्नुपर्दछ । निम्न अनुसारका प्रमुख कारणहरूले उनले पक्षमा अपार समर्थन देखिएको हो कि जस्तो महसुस भएको छ |

अात्मा हत्या गरेको भनिएका व्यक्तिले रवि लगायतका व्यक्तिका कारण अात्मा हत्या गरेको भनी रेकर्ड गरेको भनिएको भिडियोमा षडयन्त्र पो गरिएको छ कि भनी शङ्का गर्न सकिने थुप्रै ठाउँ देखिएको छ जुन भिडियो घट्ना प्रकृति हेर्दा अर्कैले पो बनायो कि भन्ने अाभाष हुन्छ । उक्त भिडियो रविको लामो समयदेखि कडा रूपमा द्वन्द्व भएका भनिएका र उनी निकट व्यक्तिका सञ्चार माध्यमबाट बाहिरिनु, हत्या या आत्महत्या के हो ? भन्ने यकीन नहुँदै र उनी विरुद्ध किटानी जाहेरी समेत नआउँदै पक्राउ गरिनु । यी कुनै पनि कुरामा यदि षडयन्त्र छैन भने यिनको समयमै जिम्मेवार निकायले आम जनतालाई सही सूचना दिन सक्नुपथ्र्यो जो दिइएन । यसले गर्दा राज्यका निकाय आफै षडयन्त्रमा संलग्न पो छन् कि भन्ने आम जनतामा पर्न गएको छ । किनकि होटल व्यवसायलाई अनुसन्धान अझै नगर्नु झन सर्वसाधरणमा संकाको बिषय बन्दै गएको छ |

लेख्न पनि उदेक लागेर अाउछ अाउँनु पनि स्वभाविक नै हो | हिजो रबि लामिछाने पक्राउ पर्दा राजनितिक समर्थक झोलेहरू जुन अाफ्नो अौकात भूलेर समाज बिरोधी प्रवासमा रहँदा पनि बबरमण्ड मच्चाउने छद्मभेषिहरू स्वदेश फर्के पछि किसोर श्रेष्ठले पुडासैनीको अदालतले अर्कैले बनाएको भिडियो पुष्टि गरेको छ | तर जातियताको अाधारमा भनौं या बुर्जुक समाजसेविको अावरणमा खुलेर बिरोध जनाउनेहरू जनमानस चितवनको भिडमा लिप्त दृष्य बन्दै हात्ती दाँते अावरण सो गर्ने बण्डवागन इफोर्टको सिद्धान्त अनुसार विभिन्न तह र तप्काका धेरै मानिसहरू रविको समर्थनमा पछि लागेको देखेपछि अरू धेरै मानिसहरू त्यसैको पछि लागेको देखियो।

राज्यको संरचना र शासन प्रणालीमा भएको युगान्तकारी परिवर्तनको विपक्षमा रहेका राजनीतिक शक्तिहरूले यो अवसरलाई सदुपयोग गर्दै राज्य विरुद्ध जनता भड्काउने सुवर्ण अवसरको रूपमा उपयोग गर्न खोजे । फलस्वरूप वर्तमान शासन व्यवस्थाको विपक्षमा रहेका राजनैतिक दलहरू योजनाबद्ध ढङ्गले सरकारी निकायको विरोधमा उत्रिए तर परिवर्तनको पक्षधर शक्तिहरू यो घटनामा राजनीति करण नगरौं भन्दै तटस्थ रहन पुगे जसले गर्दा शासन व्यवस्थाको पक्षमा रहेका राजनीतिक दलका कार्यकर्ताहरू पनि उनको समर्थनमा स्वतःस्फूर्त रूपमा देखा परे ।

वास्तवमा सम्मानित अदालतबाट सत्य तथ्यको उजागर हुने नै भएकोले केही समय धैर्य गरी अनुसन्धानलाई सघाउनु अहिलेको आवश्यकता हो । रबिले धरौटीमा छुटे पनि पक्कै न्यालयलाई जटिल रूपमा अझ गहिरो अनुसन्धान गर्न सहयोग पुर्याउने छन् किनकि अाफू प्रहरी हिरासतमा बस्नुको पीडा त छदैछ सहकर्मी गुमाउँनुको पीडा नपोख्लान भन्न सकिन्न् तीन लाख जनता अाज सडकमा निम्लिँदा उनको अाशा र भरोसामा मनोबल बढेको छ |

यस्ता घटनाबाट उचित पाठ सिकी राज्यले आफूलाई बेलैमा सुधार गर्दै जानु र देशमा कानुनको शासन कायम भएको अनुभूति दिलाउनु आजको अर्को टड्कारो आवश्यकताको रूपमा रहेक छ |
भ्रस्टाचारी, देशद्रोही , नोकरशाही, चाकडीबाज, पित पत्रकार, चुनाबकै लागि पालिएका भ्रष्ट मुन्द्रे , ट्यापे र देशमा उदण्ड मच्चाएर डनगिरी र हनुमानगिरी गर्ने बिदेशी दलालका अराजक मतियारहरुको अब दिन गयो रबि साधारण मान्ज्फ्प?स् पटलमा गहिरो छाप बनी सकेका एक कर्मठ व्यक्तित्व हुन !!


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46