धीरज राई भन्छ्न नेपाली नोट र पासपोर्टमा बुद्धको तस्बिर राखियोस

मुग्लानी खबर- १० भदौ

सान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म नेपालमा भएको प्रचार गर्न सजिलो र बिस्व जगतले थाहा पाउने हुँदा नेपाल सरकार लाई गायक राई ले नेपाली नोट र पासपोर्टमा बुद्धको तस्बिर राख्न माग गरेका छ्न ।

आइतबार पाटनका बिभिन्न ठाउँमा बुद्धको होर्डिङ बोर्ड राख्दै उनले सरकार समक्ष उक्त माग गरेका हुन।
उनले भने, ‘ विदेशीले करीब ५ सय भन्दा धेरै देशका पुस्तकहरुमा बुद्धको जन्मस्थल फरक फरक ठाउँमा भनेर गलत प्रचार गरिरहेका छन।यसको भ्रम चिर्न सरकारले उचित कदम उठाउने बेला आएको छ।’
उनले बुद्धको जन्मस्थलबारेको भ्रमलाई अबको १० वर्षभित्रमा विश्‍वबाटै मेटाउने जिकिर समेत गरे। उनले भने, ‘म अबको १० वर्षभित्विश्‍वबाटै बुद्धको जन्मबारेको गलत भ्रम हटाउँछु।यो मेरो अभियान हो।’
उनले यसअघि पोखरा, लुम्बिनी, धरान लगायत काठमाडौंको उपत्यकामा विभिन्‍न कार्यक्रमको आयोजना गर्दै बुद्धको जन्मस्थलबारे भ्रम चिर्न र नेपाल जन्मभूमि प्रमाणित थर्न लागि परेका छन्।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46