प्रदेश नम्बर ३ समन्वय परिषद कतारको आयोजनामा “रक्तदान कार्यक्रम सम्पन्न “

मुग्लानी खबर भाद्र १४

“रक्तदान जीवनदान ” भन्ने सब्दलाई आत्मासाथ गर्दै
हमाद अस्पतालसँगको समन्वयमा प्रदेश नम्बर ३ समन्वय परिषद कतारले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रवास कतारमा रहेका उल्लेखनीय नेपालीले रक्तदान गरेका छ्न ।

गत शुक्रवार बिहान ६:३० देखि ११:०० बजे सम्म भएको रक्तदान कार्यक्रम हमाद मेडिकल कर्पोरेशन ब्लड डोनेसनको कक्षमा सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रमको सुरुवात मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) कतार च्याप्टर संयोजक रामजी खत्री, महासचिव हुमा पोखरेल र आयोजकका तर्फबाट परिषदका प्रथम उपाध्यक्ष विष्णु भण्डारीबाट शुरुवात गरेको रक्तदान कार्यक्रममा कतारमा रहेको १ सय पाँच जनाको सहभागिता मध्ये स्वास्थ्य परिक्षणपछि ८० जनाले रक्तदान गरेका थिए ।

परिषदका अध्यक्ष समीर खत्रीले बोल्दै रगतको अभावमा कसैको अकालमा मृत्यु नहोस भन्ने हेतुले आयोजना गरेको यस कार्यक्रममा उत्साहजनक उपस्थिति रहेकाेमा खुसि ब्यक्त गर्दै उपस्थित सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गरे । खत्रिले भने, ‘हामी निरन्तर सामाजिक सेवामा छौं, र यो यात्रामा सहकार्य गर्ने सबै प्रति नमन एवं आभार व्यक्त गर्दछु ।’

रक्तदान गर्नको लागि कतारमा रहेका विभिन्न सामाजिक ,बुद्धिजिवि लगायत बरिस्ठ ब्याक्तित्व हरुको पनि उपस्थिति रहेको थियो ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46