नेपालीहरु आफ्ना लागी भन्दा अरुका बारेमा बढी चिन्तित हुन्छन्- अनिल योगी

मुग्लानी खबर-१७ भदौ

यो देशमा बिचित्रका मान्छे बसोबास गर्छन्। नेपालिलाई रुन र हास्नका लागि खासै कुनै महत्वपूर्ण बाहाना चाहिंदैन । नेपालिहरु आफ्ना लागि भन्दा अरुका बारेमा बढी चिन्तित हुन्छन् । अरुका देश बनाउन लाईन लाग्छन् । आफ्नो देश बाँझो छोडेर भएपनी अरुका देशमा पसिना बगाउनु र अरुको देशको रक्षाका लागि चौकिदारी गर्नु हाम्रो बाध्यात्मक बाहादुरी भएको छ।

बरिस्ठ पत्रकार: अनिल योगी

भनिन्छ आज बिश्वमा कामका लागि गएका नेपालिको संख्या ८० लाख भन्दा बढिछ। आफ्नो देश त्याग्न नेपालिहरु लालायित छन् तर आफ्नो देश बनाउ- आफ्नै देशमा सुख खोजौ भनेर सुबिधा युक्त बिदेशिका देश त्यगेर ८० जना नेपाली नेपाल आउन तयार भएको आज सम्म मैले देख्न सकिन। बिदेशिका दलालहरु द्धारा हुने अपमान र तिरस्कारका घुट्का पिउदै हामिले देश त्याग गर्न सकेनौं ।

२०५७ सालमा मैले माओवादी युद्ध र राज्यको प्रतियुद्धका कारण नेपाली जनताले पाएको दु:ख मैले उठाउदै आन्दोलन गर्दा हाम्रो साथमा भएका सयौं नेपाली यो वा त्यो पक्षबाट पिडित भयौं भनेर शरणार्थीका रुपमा बिदेश पलायन भएका थिए । मलाई पनि शरणार्थीका रुपमा जापान र अमेरिका जानका लागि कुनै गाह्रो थिएन । किन कि नेपालमा चलेको युद्ध र प्रतियुद्धको वास्तविक अबस्थाका बारेमा मैलेनै त्यो मुद्धालाई राष्ट्रिय करण मात्र होईन- अन्तरास्ट्रिय करण गरेको थिए ।

 

कुनै पनि देशको नागरिकका मन भित्रबाट-छातिभित्रबाट देशको माया उत्पन्न हुनसक्यो भने मात्र एउटा मात्र नगरिक पनि देशका लागि महत्वपूर्ण बन्न सक्छ- मेरो जिबनको अध्यनले यो बिषयलाई प्रमाणित गरेको छ । देशको माया मारेर म बिदेश गएको भए या त देशभित्र देशी बिदेशिको दलाल बन्न तयार भएको भए आज म देशका आवज बोल्न सक्ने थिएन र नेपालिका दुख आफ्ना दुख हुन् भन्न सक्ने बिवेकको बिकास हुने थिएन ।

देशको माया हुनेहरु देशभित्र मात्र बस्छन अर्थात हुन्छन् भन्न खोजेको होईन । भन्न के मात्र खोजेको हो भने बिदेशमा गएर त्यहाको शासन ब्यवस्था देखेका- बिकास कसरी भएको रहेछ भन्ने कुरा बुझेका एक-दुई सय नेपालिले ती देश छोडेर आफ्नै देश निर्माण गर्नका लागि फर्कियौ भन्न पाएको भए हामिलाई पनि सहज हुने थियो जस्तो लाग्छ । यो मेरो भाबनाको मात्र कुरा होईन । देशको माया छातिभित्र छ भन्नेहरुले मुखले बकेर मात्र होईन- व्यबहारमा समेत देशको माया भएको देखाउन सक्नुपर्छ भन्ने मेरो भनाई हो ।

सम्पुर्ण कुरा नासिएको भत्किएको भने छैन- देशलाई काँध हाल्छौ भन्ने नेपालिका लागि समय हामी संग अलिकती अझै छ। बिदेशिहरु र तिनका नेपाली दलालहरुको उदेश्य यो राष्ट्रलाई खण्डीत गराउँदै बिदेशिलाई बुझाउने नै हो । आजको भन्दा भोलिका हाम्रा दिन निकै दर्दनाक हुनेछन्। भोलिका दिनलाई आजैबाट जानेर देशलाई काँध हाल्नका लागि नेपालीहरु तयार हुने हो भने- भोलिको बिपदलाई सजिलै टार्न सक्छौ ।

अन्यथा हामिलाई पुनः जातिय युद्ध र धर्म युद्धमा बिदेशिहरु र तिनका नेपाली दलालहरुले नजानिदो तरिकाले पक्कै पनि फसाउनेछन् ।
“नपत्याए नेपालिले मेरो भनाई छातिभित्र लेखेर राखे हुन्छ ।”


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46