नेपालमा गणतन्त्र ल्याउन भुमिगत सशस्त्र बिद्रोह गरिरहेका माओवादी नेता प्रचण्डलाई धेरै फकाउनु परेको भारतीय जासुसी संस्था र.अ.का एक अवकास प्राप्त अधिकारीले खुलासा गरेका छ्न

मुग्लानी खबर- १९ भदौ

नेपालमा राजसंस्था र सान्दर्भिकता दिन प्रतिदिन मुखरित हुँदै गरेको अवस्थामा भारतको गुप्तचर संस्था (र.अ) का पुर्व बिशेष निर्देशक अमर भुषणको हवाला दिदै (र अ) ले एउटै तिरले नेपालको राजसंस्था र नेपालका राजनितिक दलका नेताहरुलाई समाप्त पारिदिएको छ।अर्को महत्वपूर्ण पक्ष के भने- नेपालको राजनिती कस्ले गर्दो रहेछ भन्ने कुरा स्पष्ट रुपमा उजागर समेत छर्लङ्ग भएको छ।

नेपालमा प्रजातान्त्रिक शासन ब्यवस्थाको बकबास गर्नेहरु सबै (रअ) का प्यादा हुन् भन्ने कुरा बाहिर आउनु सामान्य कुरा होईन । अर्को डरलाग्दो कुरा के भने- नेपालको राजसंस्था हटाउने हामि हौं र अब ल्याईदिने पनि हामि हौं भन्ने सन्देश प्रवाह गरेर (र अ) ले नेपालको सार्बभौमसत्ता र स्वतन्त्र राष्ट्रको अस्तित्व माथी धावा बोलेको छ।

नेपालमा आफुलाई देशभक्त राष्ट्रवादी भन्ने गुलाम मानसिकता बोकेर बाँचेका सिल्लिहरुले यस्तो गम्भीर बिषयलाई सामान्य रूपमा लिएको देख्दा म लज्जित भए!यस्तो देशभित्र राष्ट्र र जनताको परिवर्तनको नाममा ठुलठुला क्रान्ती र आन्दोलनका गफ हाक्नुको कुनै अर्थ हुन्छ र?

राजा र दलका दलालहरुको भारतिय गुप्तचर सस्था (र अ) ले देखाई दिएको हैसियत देख्दा- स्वतन्त्र नेपाल राष्ट्रको नेपाली नागरिक हुँ भन्न मलाई लज्जाबोध भयो

स्पष्ट सब्दमा भन्ने हो भने- नेपाल राष्ट्रलाई मास्नका लागि बिदेशिले दलका नेताहरुलाई प्रयोग गरेको देखिन्छ भने- नेपालको राजसस्थालाई र राजालाई पनि हाम्रो अधिनमा छन् है भन्ने देखाउन चाहेको देखिन्छ ।

देश बचाउने र बनाउने हो भने- नेपाली सेना र देशभक्त नेपाली जनताले मिलेर नेपालको राजपरिवारलाई (नजर बन्द)सुरक्षा घेरामा राखेर बिदेशिको डिजाइनलाई असफल पार्न सक्नुपर्छ । अन्यथा हामिले स्वतन्त्र नेपाल राष्ट्रका नेपाली नागरिकहौं भन्नू र आपसमै गाँड कोराकोर गर्नुको कुनै अर्थ र औचित्य छैन ।

-: तल दिएको समाचार सबैलाई अध्यनका लागि देश संचार बाट कपि गरिएको हो ।

नेपालमा गणतन्त्र ल्याउन भूमिगत सशस्त्र बिद्रोह गरिरहेका माओवादी नेता प्रचण्डलाई धेरै फकाउनु परेको भारतीय जासुसी संस्था रअका एक अवकास प्राप्त अधिकारीले खुलासा गरेका छन्।हालै प्रकाशित अमर भुषणको पुस्तक इनसाइड नेपालमा यो कुरा खुलासा गरेका हुन् ।पुस्तकमा दाबी गरिएको छ कि (रअ)ले तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन या मनाउन लामो समय खर्चेको र त्यसपछि प्रचण्ड राजतन्त्र विरुद्ध अरु राजनीतिक दलहरुसँग हात मिलाउन तयार भए ।

विभिन्न चरणको वार्तापछि (रअ) प्रचण्डलाई मनाउन तयार भएको पुस्तकमा उल्लेख छ। प्रचण्ड (रअ)को मनसायप्रति शसंकित थिए । त्यसैले उनले वार्ताका क्रममा (रअ)का पूर्वी ब्यूरो प्रमुख जीवनाथनसँग,‘तपाईँले किन यति धेरै चासो दिइरहनु भएको छ कि हामी राजाको शासनमा रहन्छौँ या लोकतन्त्रमा जान चाहन्छौँ ?’ भनेका बताइएको छ ।

सन् १९९० मा भारतको अनुसन्धान तथा विश्लेषण संस्था रअ ले नेपालको सक्रिय राजतन्त्रलाई संवैधानिक बनाउन अभियान सुरु गर्‍यो संवैधानिक प्रजातन्त्रका लागि मार्ग प्रशस्त गर्न । यो कुराको खुलासा रअका पूर्व विशेष निर्देशक अमर भूषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’ मा गरेका हुन् ।

रअको जासुसी भिन्न विचारधारका राजनीतिक दललाई एक ठाउँमा ल्याउन मात्रै थिएन, आफ्नो पहुँच वा प्रभाव अति गोप्य रुपमा गर्नु थियो । जीवनाथनले सो क्रममा आफ्ना गोप्य एजेन्टहरु नियुक्त गरेका थिए । भुषणले आफ्नो पुस्तकमा प्रतिकात्मक नाम दिएका जीवनाथ जो रअको पूर्वी व्युरोका प्रमुख थिए, उनले राजा वीरेन्द्रको शासनकालभर एक विशेष युनिट सञ्चालन गरेको उल्लेख गरेका छन् ।जीवनाथनले उक्त युनिट सन् १९८९–९० को बिचमा बनाएको जनाइएको छ।

भारतको तत्कालीन राजीव गान्धी सरकारले नेपालमा भइरहेको जनआन्दोलनलाई सहयोग गर्ने निर्णय गर्‍यो । राजालाई दबाब दिन विभिन्न चरणमा भएका कूटनीतिक प्रयास असफल भएका थिए । त्यसपछि भारत सरकारले नेपालसँगको सीमा बन्द गर्‍यो र राजालाई प्रजातन्त्र स्थापित गर्न दबाब दिए।त्यसबिचमा राजाले चीनसँग सहयोगका लागि अपिल गरेका थिए। त्यो बिचमा रअ का प्रमुख एके वर्माले जासुस जीवनाथनलाई नेपालमा विशेष अभियान चलाउन जिम्मा लगाएको भुषणको पुस्तकमा उल्लेख छ ।

रअको अभियानपछि धेरै नेपाली राजनीतिज्ञ जीवनाथलाई भेट्न गएको पुस्तकमा उल्लेख छ । तर उनी आफूले नियुक्त गरेका जासुसहरुलाई आफू अब सो नाममा अस्तित्वमा नरहेको भनेर गायब भएका थिए ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46