रमेश गोम्जाको तामाङ गीत‘ल्हास्सो फ्यफुल्ला’ सार्वजनिक भिडियो सहित हेर्नुहोल

मुग्लानी खबर- २१ भदौ
लोकप्रिय गायक रमेश गोम्जा तामाङको नाम सबैलाई आउछ । आउन पनि किन नआओस उनका हरेक गितमा उत्कृष्ट गीतहरु सार्वजनिक हुन्छन र मन छुने गर्दछन् ।
यो बर्ष पनि रमेश गोम्जाको यो भन्दा पहिला एउटा गीत सार्वजनिक भइसकेका छ । जुन गीतले सबैको ध्यान तानिरहेको छ भने लाखौं लाख भन्दा धेरै दर्शक पनि बनाइ सकेको छ । बर्षमा १/२ गीत मात्र बनाउने सोचमा रहेका गोम्जाको ल्हास्सो फ्यफुल्ला गीत भर्खर मात्र सार्वजनिक भएको छ ।


सम्पुर्ण पक्ष उत्कृष्ट रहेको सो गीतमा चर्चित लोकप्रिय हस्ति गायिका रमला पाख्रिन तामाङले उत्कृष्ट आवाजमा गोम्जालाई साथ दिएकी छन । गीतलाई रमेश गोम्जाले ल्हप्सङकर्पो च्यानलबाट सार्वजनिक गरेका छन भने गीतको लय र शब्द जयबिर तामाङको रहेको छ ।
लोकप्रिया भाइ रमेश गोम्जासँग सहकार्य गर्न पाँउदा आफुलाई अत्यन्तै खुसी लागको बताउदै चर्चित लोकप्रिय गायिका रमला पाख्रिन तामाङले आफुले सक्दो न्याय गरेको बताउनु भयो ।
गीतमा उत्कृष्ट निर्देशन कला प्रस्तुत गरको छन जोहन राइले भने चर्चित लोकप्रिय मोडल एन्जिला वाइबा तामाङ,रमेश गोम्जा तामाङको अभिनय रहेको छ ।
गीत सार्वजनिक भए पछि मुग्लनी खबरसँग कुरा गर्दै निमार्ण युनिटले गीतलाई सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गीतलाई पुर्ण सफलताको कामना सहित सो गीतका म्युजिक भिडियो यहाँहरुको लागी

 


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46