(राजपा)१ नं.प्रदेश को युवा संयोजकमा रोशन लिम्बु

मुग्लानी खबर भाद्र २१

राष्ट्रिय जनता पाटी ( राजपा) ले १ नं.प्रदेश को युवा संयोजकमा रोशन लिम्बुलाइ जिम्मेबारी दिएको छ । आज राजपाको केन्द्रको बैठकबाट झापा केरखाका युवा समाजसेवी तथा राजनीतिकर्मी रोशन लिम्बुलाइ संयोजकको जिम्मेवारी दिएको हो ।

पाटीबाट १ नं. प्रदेशको युवा संयोजकको जिम्मेवारी पाए संगसंगै पाटी संगठनको जिम्मेवारी बहन गर्दै संघिय लोकतान्त्रिक ब्यबस्थापन, पहिचान, समानुपातिक समावेशी लोकतन्त्र, स्वसासन, बहुभाषिक नीति, आर्थिक तथा सामाजिक सांस्कृतिक क्रान्ति, बिकास र भ्रष्टाचारमुक्त शासन प्रशासन, न्याय र समानतामा आधारित समृद्घ समुन्नत समाज निमार्णको उदेश्यका साथ कार्य गर्नेमा कटिबद्द रहेकाे उहाँले बताउनु भयो ।

साथै आदिबासी जनजातीहरुको बिबिध बिषयबस्तुहरुलाइ आत्मसाथ गर्दै अगाडी बढाएर लैजाने समेत युवा नेता रोशन लिम्बुले बताउनु भयाे ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46