ईराकको कुर्दिस्तानमा दोस्रो “हरितालिका तिज” भब्यताका साथ सम्पन्न ।

मुग्लानी खबर-२३ भदौ
श्याम मम्ब तामाङ

इराक-नेपाली महिला समाज कुर्दिस्तान इराकको आयोजनामा दोस्रो पटक नेपाली नारीहरुको महान चाड “हारितालिका तिज” बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।


हरितालीका तिजको बिशेष अवसरमा कुर्दिस्तानमा रहेको महिलाहरुलाई मध्यनजर गर्दै गत ६ सेप्टेम्बरमा २०१९ शुक्रबारका दिन सुलेमानीको पलसा होटेलमा गरिएको थियो।
सस्थाका अध्यक्ष सानू शेर्पाको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली रेस्टुरेन्ट एन्ड बार का संचालक आर्यन मोक्तान र बिशेष अतिथिहरुमा FWCDO का प्रतिनिधित्व हमा हजार ,नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका उपाध्यक्ष बिजय हिमरुङ तामाङ साथै सुलेमनीमा रहेका संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजिबि, पत्रकार लगायतका अतिथि रहेका थिए ।


कार्यक्रममा अतिथिहरुले परदेशमा आएका चेलीहरुलाइ माईति गएको महसुस हुनुका साथै वैदेशिक रोजगारीमा आउदा भोगेका पिडा जति भएपनी बर्ष दिनमा आउने महिला हरुको महान पर्व तीजले प्रबासमै भएपनी पिडालाइ भुलाउन सहयोग मिलोस भन्दै बक्ताहरुले कार्यक्रम सफलताको सुभकामना दिएका थिए ।प्रवासमा रहेता पनि नेपाली महिला दिदिबहिनी हरुले मौलिक संस्कार झल्काउने रातो साडी रातो चुरा पोते मेहेन्दिमा झल्किदा नेपालको कुनै तीज कार्यक्रम मा पुगेको महसुस हुन्थ्यो भने विभिन्न मौलिक तिज गीतमा छमछमी नाचेका थिए।

कार्यक्रमको अन्त्यमा सभापति सानू शेर्पाले कार्यक्रम सफल बनाउन बिभिन्न समयमा आर्थिक भौतिक नैतिक रुपमा सहयोग गर्ने आयोजक सम्पूर्ण संघ संस्था तथा दाताहरुलाई बिशेष धन्यवाद प्रकट गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेकी थिईन भने उक्त कार्यक्रमको सहजीकरण सस्थाकी महासचिव डोल्मा शेर्पा र स्वागत मन्तब्य समाजकी केन्द्रिय सदस्य तथा कार्यक्रम संयोजाक फुर्किमा शेर्पाले गरेकि थिइन।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46