जनतालाई भड्काउन जस्तो सजिलो ब्यबस्थापन गर्न हुदैन-अनिल योगी।

मुग्लानी खबर- २२ भदौ

कुनै पनि आन्दोलन र क्रान्तिका कुरा गर्दै जनतालाई भड्काउन सजिलो हुन्छ तर भड्किएको जनतालाई ब्यवस्थापन गर्न र उठान गरेको आन्दोलनलाई बिसाउन मुस्किल हुन्छ ।

बिगत राष्ट्रको जिम्मेवार ठाउमा राजसस्था थियो- त्यसैले पटक पटकका जनताका आन्दोलनलाई बिसाउने ठाउँ थियो र बिसाउने काम सहज रूपमा गरियो । आन्दोलन र क्रान्ति पश्चात् सत्तामा आएका भ्रष्ट नेताहरुले जनताका असन्तुष्टिलाई सम्बोधन गर्न नसक्दा समुल रुपमा द्वन्द्व ब्यवस्थापन हुन् नसकेको तितो यथार्थ हाम्रा सामु बिध्यमान छ।

सत्तामा बसेकाहरु स्वयम् आन्दोलनकारी र युद्ध लढेर आएका हुँनाले तिनिहरु संग जनताको आन्दोलन र क्रान्तिका सामु सम्झौता गर्ने हैसियत र उच्च प्रकारको राजनितिक चेतना हुँदैन गलत तरिकाले सत्तामा आएकाहरुले जनताका असन्तुष्टिलाई राज्यको तागत दुरुपयोग गरेर दबाउने काम गर्न सक्ने खतरा सधै कायम रहन्छ ।

नेपालमा आज एक प्रकारले सामाजिक बिद्रोहको अबस्था निकै बलवान् बन्दै गएकोछ-यसको दोषी नेपालका सत्ताशिन साशकहरु र नेपालका गैरजिम्मेवार राजनितिक दल र नेताहरुनै हुन् । तर नेपालका राजनितिक दल र ती दलका नेताहरु राष्ट्र र नेपाली जनता प्रती आफुले गरेका अपराधलाई स्वीकार गर्न तयार छैनन् । नेपाली जनता कुनै न कुनै माध्यम र ब्यक्तिको आडमा नेपालका राजनितिक दलका नेताहरुलाई दन्डित गर्न चाहन्छन् ।

देशभित्र नेतृत्व बिनाको जनबिद्रोहको आगो सल्किएको अबस्थालाई हेर्दा देशमा परिणाम मुखी परिवर्तन हुने भन्दा पनि देश भयानक अराजकताको दलदलमा फस्ने अबस्था देखिन थालेकोछ । अपराधिक साशकहरुको अन्त्यका लागि हामी जस्तो जिम्मेवार नागरिकको देशलाई अराजकता तर्फ लैजानु हुँदैन भन्ने चेत राख्नुपर्छ ।

समाजमा देखिएका जनजागृतिका आन्दोलन र अभियानमा भरपर्दो राजनितिक र सामाजिक नेतृत्व देखा परेको छैन । आजको नेपाली समाजलाई एकीकृत बनाई राख्नका लागि र बिदेशिको पन्जामा परेको देशलाई मुक्त गराउनका लागि समाजका सामु देखिएका दुईचार जना अभियन्ता मात्र प्रयाप्त हुन्छन् जस्तो मलाई लाग्दैन । राज्यमा यसो भएन- उसो भएन- यसो हुनुपर्छ- त्यसो हुनुपर्छ भन्नलाई सजिलो छ- तर राष्ट्रलाई र नेपाली समाजलाई सम्हालेर खानु त्यति सजिलो छैन र दुईचार जना सामाजिक अभियन्ताको बिवेक र बलका आधारमा हुने कुरा पनि होईन ।

सामाजिक आन्दोलनमा देखिएका बिद्धान बिदुषीहरुले नेपाल राष्ट्रको बर्तमान समस्यालाई सामुहिक बिचारका आधारमा मात्र हल गर्न सकिन्छ भन्न र स्वीकार गर्न चाहिरहेको नदेख्दा-मलाई अच्चम र हाम्रा प्रधान मन्त्रीको भाषामा भन्ने हो भने ताजुक यस मानेमा लागेकोछ । राष्ट्र र समाज हाक्ने भनेको निकै भारी कुरा हो- यस्तो कुरालाई सामान्य रुपमा बुझ्ने प्रवृतिलाई सबैले सुधार गर्न सक्नुपर्छ भन्ने लाग्छ । दलका नेताहरुको अक्रमणयता र बिवेक हिनताको फाईदा उठाउ र रमाईलो गरौं भन्ने त कसैलाई लाग्न सक्छ- त्यस्तो प्रवृतिले देश हाक्न र नेपाली समाजलाई सम्हाल्न सम्भव हुँदैन जस्तो लाग्छ ।

जस्ता सुकै मान्छे राष्ट्रको महत्वपूर्ण ठाउमा बस्न पाउने र सक्ने दलका नेताहरुले अराजनितिक रूपमा भित्र्याएको बेथितिलाई सुधार गर्नुको सट्टा त्यही बेथितिका आडमा अरु कसैले आफ्नो अस्तित्व खोज्नुलाई बुद्धिमानी हो भनेर भन्न सकिदैन । राष्ट्रमा देखिएका समस्या सक्कली हुन् या नक्कली- यस बारेमा नेपाली समाजका आफुलाई बिद्धान भन्नेहरुले छलफल गरेर सामुहिक बिवेकका आधारमा समस्या यही हो र यसको समाधान यो हो आज सम्म ठोस रुपमा भन्न सकेका छैनन् । समस्या नबुझिकन समाधान खोज्छौ भन्नू बेकारको कुरा हो ।

यस्तो हावादारी हल्लाले जनतालाई भड्काउन त सजिलो होला तर देशलाई अस्वभाबिक द्वन्दको चपेटाबाट सदाका लागि मुक्त राख्न सम्भव हुँदैन । नेपाली समाज परिवर्तन चाहन्छ यो सत्य कुरा हो- जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्ने गरि देशको चिन्ता गर्छौ भन्नेहरुले एक ठाउमा बस्न नचाहनु र आ-आफ्ना डम्फु बजाउदै हिंड्नुले संसय पैदा गरेकोछ । किन कि बिदेशिले देशलाई अस्तिर बनाई राख्नका लागि यस्तै नचाहिने काम गर्नका लागि कसै- कसैलाई आफ्नो अधिनमा राखेर काम गर्न लगाउने र नेपाली जनतालाई उक्साउने भडकाउने काम गर्दै आएका छन् ।

एक दशक लामो युद्ध पनि बिदेशिको उक्साहटमा भएको थियो भन्ने कुरा त्यो युद्धको अन्त्य हुँदा जे जस्ता हरकत देखिए त्यसबाट पुष्टि भएकै हो । त्यसपछी नेपालमा जे जस्ता आन्दोलन उठाईए र नेपाली जनतालाई भडकाउने काम गरियो ती सबै आन्दोलनका पछाडी बिदेशिको घुसपैठ भएको स्पष्ट रूपमा देखिन आयो ।

देशको चिन्ता गर्ने राष्ट्रिय स्तरमा ख्याती कमाएका ब्यक्ती -समुह र सस्थाहरुले एक ठाउमा नबस्ने हो र सामुहिक बिवेकका आधारमा राजनितिक अबधारणा र मुद्धा तयार नपार्ने हो भने नयाँ कुरा जन्मिने अबस्था मेरो बर्मले देखेको छैन । राष्ट्रका बिद्धान बुद्धिजीवीले समाजलाई आन्दोलित र उद्देलित मात्र पार्नु हुँदैन-नेपाली जनता र राष्ट्रलाई सहि मार्गमा लैजान बल गर्न सक्नुपर्छ । अनि मात्र त्यस्ता ब्यक्ती र समुहलाई बुद्धिजीवीको रुपमा समाज र राष्ट्रले स्वीकार गर्न बाध्य हुन्छ ।

अन्यथा- राष्ट्र र जनताको पक्षमा दमदार तर्क सहितको बिचार र योजना भएन भने-ओलि वा प्रचण्डले यात त्यस्तै अर्को कुनै तत्वले मुखले मात्र होईन- राज्यको शक्तिलाई दुरुपयोग गरेर ढाड बाच्ने खतरा रहिरहन्छ । सबैलाई चेतना भया । योगि


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46