आउदो दशैमा अक्षताको थाली (भिडियो सहित)

मुग्लानी खबर-२३ भदौ

“रुमाल हल्लाई हल्लाई” सर्बाधिक चर्चामा रहेको गीतका शब्द संकलक सङ्गीतकार घनध्याम तिवारीले “अक्षता थालिमा” बोलको गीत बजारमा ल्याएका छन।

घनश्याम तिवारीको शब्द तथा लयमा निर्माण भएको उक्त गीतमा राजु परियार र सुश्मा बिसि स्वर दिएका छन त्यसैगरी स्मृति तिमिल्सिना निर्देशनमा बिपेश घिमिरे र साया भन्डारिले कुशल अभिनय गरेका छन।
सुरेश श्रेष्ठद्वारा छायांकन गरिएको यो म्युजिक भिडियोमा शुभारम्भ डिजिटल प्रा लीले बजार ब्यबस्थापन गरेको छ।ख्यातिप्राप्त एरेन्जर बिनोद बाजुरालिको एरेन्जिङ खड्ग बाजुरालि द्वारा ध्वनी मिश्रण गरिएको छ भने बिमल छिनालले रिकर्डिङ र कलाकार तथा मोडल अर्जुन कुमारले भिडियो निर्माणमा विशेष भुमिका निर्बाह गरेका छन।

प्रबासमा रहेर पनि नेपाली गीत सङ्गीतलाई अनबरत माया गर्दै आएका तिवारीले आउदो दशैलाई मध्य नजर गर्दै नेपालीहरुको महान चाड बडादशैमा मान्यजनबाट टीका लगाएर आशिर्वाद थाप्ने हाम्रो सस्कृती भएतापनी लाखौ युवा युवती प्रबासमै ब्यतित गर्नु पर्ने बाध्यताले उता घरदेशमा दशैमा मुछिएको थालिमा अक्षेता सुकिरहेको हुन्छ यता परदेशिको निधारबाट पसिना अनि आखाबाट बिरहका आँसु झरिरहेका हुन्छन।

भिडियो हेर्न लिन्क क्लिक गर्नुहोस…..
नयाँ दशै गीत – अक्षताको थाली

बा आमा श्रीमती अनि छोराछोरी अगेनाको डिलमा बसेर परदेशिको बाटो हेर्दाहेर्दै थाकीसकेका हुन्छन यता परदेशी सम्झेर रुनु सिवाय के गर्न सक्छ र? यस्तै वास्तविक कहानी र पिडालाई समेटेर गहन शब्द लयमा यो गीत निर्माण गरेका छन।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46