जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९ वितरण कार्यक्रम काठमाडौंमा सम्पन्न

मुग्लानी खबर- २४ भदौ

“पुरानोलाई सम्मान, नयाँलाई प्रोत्साहन” गर्ने मुल उद्देश्यले आयोजना गरिएको “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९” को अवार्ड वितरण कार्यक्रम काठमाडौंको बसुन्धारास्थित यति इभेन्ट हलमा सम्पन्न भएको छ।

पूर्व गृहमन्त्री माननीय बुद्धिमान तामाङको प्रमुख आतिथ्य तथा जाम्बुलीङ फिल्म प्रा.लि.का प्रोपाईटर राज किङ वाईबाको सभापतित्वमा सम्पन्न भएको छ।उपस्थित विशेष अतिथिहरुमा पुर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री परशुराम तामाङ, आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, चलचित्र विकास बोर्डका पूर्व सदस्य राजु के.सी., तामाङ कलाकार संघका अध्यक्ष संजीव वाईबा, रेडियोकर्मी तथा पत्रकार सूर्य मोक्तान, बिन्दास ट्राभलका अध्यक्ष भानु ढकाल, नेपाली मन उद्योगका प्रवन्धक बसुमाया तामाङ, लोटस मेडिकलका प्रवन्ध निर्देशक प्रदीप फ्युब, युवा फेसन होमका कुमार शाक्य, सहायक सेनानी क्रिम बहादुर राना, एशियन वर्ल्ड च्याम्पीयन पारा तेक्वान्डोकी पहिलो खेलाडी सीता भण्डारी, गीत संगीत क्षेत्रमा तीनवटा विश्व किर्तिमान राख्न सफल गीतकार,सङ्गितकार तथा गायक टीका बमजन, म्हेन्दोमाया कलाकार संघका संरक्षक मर्नेन वाईबा,सल्लाहकार जोङब कान्छा तथा म्हेन्दोमाया समाज नेपालका संस्थापक अध्यक्ष बिगेन्द्र सिंह वाईबा लगाएत रहेका थिए।


गत २०१९ अगस्ट ८ तरिखको दिन थाईलैण्डको बैंककमा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खडकाको प्रमुख आतिथ्यमा सम्पन्न “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९” वितरण कार्यक्रममा विविध कारणले पुग्न असमर्थ बाँकी सबै विजेताहरुलाई काठमाडौंमा अवार्ड वितरण गरिएको हो । कोठमाडौंमा सम्पन्न जाम्बुलीङ अवार्ड वितरण समारोहमा जुरी मेम्बरहरु वरिष्ठ संगीतकार द्वय पवन वङ लामा र डिका गुरुङ, चलचित्रकर्मी पत्रकार तथा कवि फुलमान बल, वरिष्ठ तामाङ सेलो गायक प्रेम लोप्चनलाई सम्मान–पत्र तथा मायाको चिनो र समारोहमा आमन्त्रित अतिथिहरुलाई मायाको चिनो वितरण गरी रात्री भोजका साथ अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको हो ।नेपाली चलचित्र, तामाड चलचित्र, तामाङ सेलो, उत्कृष्ट राष्ट्रिय गीत, लोकगीत, पप, दोहोरी, आधुनिक गीत, कोरियोग्राफी लगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । सम्बन्धित क्षेत्रका विज्ञहरु जुरीको रुपमा रहेको उक्त अवार्डमा विभिन्न विधाबाट छानिएर आएका उत्कृष्ट पाँचलाई प्रत्यक्ष तर्फबाट ४० अंक, जुरीका तर्फबाट ४० अंक र सामाजिक सञ्जालबाट २० अंक गरी कूल १०० अंक प्रदान गरि उत्कृष्ट चयनको व्यवस्था मिलाइएको पनि आयोजकले बताएको छ । अवार्डको लागि ५६ विधामा ३०० भन्दा बढीले आवेदन बुझाएका थिए, प्राप्त आवेदकहरुलाई निर्णायक मण्डलको निर्णय अनुसार गत साउन ४ गते चलचित्र विकास बोर्डको हलमा नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो।

विभिन्न विधामा अवार्ड प्रदान गरिएको यस “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९” वितरण समारोहमा विगत लामो समयदेखि नेपाल तामाङ घेदुङ र जनजातिमहासंघका स्वयमसेवक भएर लागिपरेका म्हेन्दोमाया समाज नेपालका संस्थापक अध्यक्ष तथा वर्तमान तामाङ वाईबा समाजका अध्यक्ष श्री बिगेन्द्र वाईबा तामाङलाई रु. ११,१११।(अक्षरुपी एघार हजार एकसय एघार) नगद सहित “लाइफटाईम एचिभमेण्ट अवार्ड” प्रदान गरिएको आयोजकका तर्फबाट जानकारी प्राप्त भएको छ ।अवार्ड वितरण समरोहमा डी प्यालेस डान्स ग्रुपका बिजय तामाङ, सुनिल तामाङ, प्रेमकुमारी तामाङ र विशाल तामाङले आ–आफ्नो नृत्य प्रस्तुत गरेका थिए। कलाकारहरुलाई हौसला प्रोत्साहन गर्ने, नेपाली गीतसंगीत कलालाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने उद्देश्यले यो अवार्ड कार्यक्रम आयोजना गरिएको जम्बुलिङ फिल्मस प्रा.लि.का प्रवन्ध निर्देशक राजकिङ वाईवाले बताएका छन।

गत अगष्ट ८ मा थाइलैण्डको बैंककमा र काठमाडौं बसुन्धारा स्थित यति इभेन्टको हलमा अवार्ड ग्रहण गर्ने विजेताहरु यसप्रकार रहेका छन।
उत्कृष्ट राष्ट्रियगान – ध्रुब तामाङ, उत्कृष्ट नेपाली गायक पुरुष- शिव परिवार, उत्कृष्ट नेपाली गायिका महिला- अञ्जु पन्त,
उत्कृष्ट म्हेन्दोमाया गायक- सागर एस. वाईबा,उत्कृष्ट म्हेन्दोमाया गायिका- मिना लामा,उत्कृष्ट म्हेन्दोमाया मोडेल पुरुष- याङचु तामाङ,उत्कृष्ट म्हेन्दोमाया मोडेल महिला- एन्जीला वाईबा,उत्कृष्ट लोकपप सिंगर- मेलिसा आले मगर, उत्कृष्ट भिडियो डाइरेक्टर लोक पप-प्रकट तामाङ,उत्कृष्ट गीतकार लोकपप -किशोरदत्त बराल, उत्कृष्ट लोक पप मोडेल – कमल सिंह,उत्कृष्ट म्हेन्दोमाया नवगायक – सन्त वाईबा
उत्कृष्ट म्हेन्दोमाया नवगायिका- फुलमाया लोप्चन,उत्कृष्ट म्हेन्दोमाया नव मोडेल पुरुष- रोजन थिङ,उत्कृष्ट म्हेन्दोमाया नव मोडेल महिला-रन्जीता लामा,उत्कृष्ट नव डाइरेक्टर तामाङ सेलो- जित बहादुर तामाङ,उत्कृष्ट पुर्वेली भाखा गायक- सुवास पाख्रिन,उत्कृष्ट सेलो पप गायक -टिका बम्जन,उत्कृष्ट लोकपप गायक- अशुसेन लामा,उत्कृष्ट नेपाल पप गायक- कर्ण राज गिरि, उत्कृष्ट एरेन्जर नेपाली पपगीत नयाँ-वाङचु फ्युबा, उत्कृष्ट मोडेल पपगीत महिला -निरञ्जलि लामा,पब्लीक च्वाइस अवार्ड लोक पप -धिरेन लामा , इन्करोजमेन्ट अवार्ड लोक पप गायक- दावा लामा, उत्कृष्ट म्हेन्दोमाया कोरियोग्रफर- सिंग बहादुर लोप्चन,उत्कृष्ट म्हेन्दोमाया डाइरेक्टर- एम.बि. गुरुङ,उत्कृष्ट म्हेन्दोमाया गीतकार-युबि मोङग्रेसा, उत्कृष्ट म्हेन्दोमाया कम्पोजर -हेम वाईबा,इन्करोजमेन्ट अवार्ड न्यू म्हेन्दोमाया मोडेल- प्रीती तामाङ,उत्कृष्ट म्हेन्दोमाया न्यू कोरियोग्रफर- विजय तामाङ
उत्कृष्ट म्हेन्दोमाया न्यू डाइरेक्टर -दिलकुमार पङचथेन,उत्कृष्ट म्हेन्दोमाया न्यू लिरिसिस्ट -चिज लामा,उत्कृष्ट म्हेन्दोमाया न्यू कम्पोजर -गोपाल घले,उत्कृष्ट लोकदोहोरी महिला (नयाँ)- प्रमिला तामाङ,उत्कृष्ट लोकदोहोरी पुरुष (नयाँ) – तिलक तिवारी,उत्कृष्ट मोडेल लोकदोहोरी महिला -रश्मी तामाङ, उत्कृष्ट कोरियोग्राफर (सालैज्यू) – दिपक गुरुङ ,उत्कृष्ट म्हेन्दोमाया छायाँङकन -लामा भाई,उत्कृष्ट म्हेन्दोमाया फिलिङ सङ -राम गोम्ज, उत्कृष्ट म्हेन्दोमाया भिडियो अफ द इयर – रोम ब्लेन्थेन,उत्कृष्ट म्हेन्दोमाया सोङ अफ द इयर – विश्व पाशा
इन्करेजमेन्ट अवार्ड न्यु म्हेन्दोमाया सिङगर – रेशा तामाङ
, पपुलर सिङगर अफ द इयर (म्हेन्दोमाया) – आरबि लामा, उत्कृष्ट म्हेन्दोमाया इडिटर – शरन लामा,जुरी अवार्ड म्हेन्दोमाया -सुमन घले,पब्लिक च्वाइस अवार्ड म्हेन्दोमाया -छिमि मम्बा,इन्करोजमेन्ट अवार्ड म्हेन्दोमाया- शुसिला घले- उत्कृष्ट म्हेन्दोमाया भिडियो कमेडी अवार्ड – मर्नेन वाईबा,उत्कृष्ट म्हेन्दोमाया भिडियो कमेडी अवार्ड- कान्छा लामा र उत्कृष्ट तामाङ सेलो गायक -रोशन फ्युबा रहेका छन।


त्यसैगरी बिजेताहरुमा -उत्कृष्ट तामाङ सेलो गायिका – टिका थोकर,उत्कृष्ट तामाङ सेलो मोडेल- सूर्य थिङ,उत्कृष्ट तामाङ सेलो मोडेल महिला- वर्षा थिङ,उत्कृष्ट तामाङ सेलो मोडेल (नयाँ)= उगेन छोदेन,उत्कृष्ट गीतकार तामाङ सेलो ः विज्ञान लामा, उत्कृष्ट कम्पोजर तामाङ सेलो- कलम योन्जन, इन्करोजमेन्ट अवार्ड (तामाङ सेलो मोडेल)- रोजिना घले, इन्करेजमेन्ट अवार्ड (तामाङ सेलो मोडेल)-सोनी वाईबा, इन्करेजमेन्ट अवार्ड (तामाङ सेलो गायक)- इन्द्र योन्जन,जुरी अवार्ड (तामाङ सेलो)- जिवन बमजन,इन्करेजमेन्ट अवार्ड (तामाङ सेलो)- निमा लामा,इन्करेजमेन्ट अवार्ड (तामाङ सेलो)- पुजा लामा,उत्कृष्ट तामाङ चलचित्र निर्देशक- बिनायक लोप्चन,उत्कृष्ट नायक तामाङ चलचित्र -अमिर दोङ,उत्कृष्ट नवनायिका तामाङ फिल्म -रुपा एस घले,उत्कृष्ट अभिनेत्री तामाङ चलचित्र -अनिता नेगी,उत्कृष्ट लोकदोहोरी संगीत कम्पोजर (नयाँ) – सन्दीप स्याम्चेन,जुरी अवार्ड (लोक दोहोरी) -सुशिता तामाङ,उत्कृष्ट सिनेमेटोग्रफर पप गीत- सन्चु थोकर,
इन्करोजमेन्ट अवार्ड (म्हेन्दोमाया गायक)-दिलबहादुर तामाङ,
लाईफ टाईम एचिभमेन्ट अवार्ड- बिगेन्द्र सिंह वाईबा रहेका छन भने बुद्ध घलेद्वारा टि सर्ट स्पोन्सर तथा आइतराम तामाङले पुरस्कार बितरणमा सहयोगी हात बढाएका थिए।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46