पोस्टपाटी डटकमका गुरुङ र चन्दले पाए सफाई।

मुग्लानी खबर- २४ भदौ

काठामान्डौ- अनलाइन मिडिया पोस्टपाटी डटकमका सन्चालक केबि गुरुङ र सम्पादक गोपाल चन्दले बिधुतिय अपराध मुद्दामा सफाई पाएका छन।


समाचार लेखेकै कारण पक्राउ परेका पत्रकार चन्दलाई जिल्ला अदालत, काठमाडौंका न्यायधीश विदुर कोइरालाको एकल इजलासले मंगलबार सफाइ दिएको हो भने बहसमा चन्दका तर्फबाट अधिवक्ता कान्तिराम ढुंगाना र दिवस निरौलाले बहस गरेका थिए ।उक्त समाचार अरु कुनै मिडियाबाट समेत साभार गरिएको बताईएको थियो।

सुचना बिभागमा सुचिकृत अनलाइन खबरका बारेमा प्रेस काउन्सिलले हेर्दै आएपनी पत्रकार चन्दलाई महानगरिय अपराध महासाखा टेकुले गत मंसिर ११ गते पक्राउ गरि बिधुतिय कारोबार ऎन अन्तर्गत मुद्दा  चलाईए पछि प्रहरीको समेत तिब्र आलोचना भएको थियो।पत्रकार चन्दको पोष्टपाटीमा चितवनको कृष्णचोकमा स्थानीयले नेकपा अध्यक्ष प्रचण्डमाथि स्थानियद्वारा खुकुरी प्रहारको प्रयास शीर्षकको समाचार प्रकाशित भएको थियो।

पत्रकार चन्द सङ्गै बिधुतिय अपराध मुद्दामा प्रतिबादी बनाईएका पोस्टपाटीका सन्चालक केबि गुरुङले समेत आजै सफाई पाएका छन।उक्त कुरा दुबै जनाले आ-आफ्नो फेसबुकमा समेत स्टाटस राखेर आफुहरुले सफाई पाएको उल्लेख गरेका छन।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46