प्रथम पटक प्रधानसेनापति थापाको सम्पत्ति विवरण सार्वजनिक

मुग्लानी खबर- २४ भदौ

काठमान्डौ-नेपालको इतिहासमै नेपाली सेनाले प्रथम पटक प्रधानसेनापति पुर्ण चन्द्र थापाको ब्यक्तिगत सम्पत्ति विवरण सार्बजनिक गरेको छ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणमा जनाईए अनुसार काठमाडौं महानगरपालिका-२६ स्थित घर का साथै काठमाडौं, नवलपरासी र लमजुङमा केही पैतृक र केही आफूले किनेको जग्गा रहेको कुरा उल्लेख गरिएको छ ।प्रधानसेनापति थापा सङ्ग रहेको नगद र जिन्सीहरु ५५ तोला सुन, ५९० तोला चाँदी, करिब १० लाख रुपैयाँको हार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसैगरी थापाले आफ्नो र श्रीमतीको नाममा बैंक ब्यालेन्स, विभिन्न कम्पनीको सेयर र वित्तीय संंस्थाको ऋण समेत विवरणमा सार्बजनिक गरेका छन।

प्रधानसेनापतिको सम्पत्ति सार्बजनिक प्रचलन नभएतापनी सार्बजनिक गरिएको पहिलो पटक हो ।आफै संगठनमा सुधार अभियान थालेका थापाले आफ्नो सम्पत्ति विवरण समेत सार्वजनिक गर्न लगाएर उपयुक्त कार्य गरेका छन् ।सम्पत्ति विवरण सार्बजनिक पुर्ण चन्द्र थापाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको उपलक्ष्यमा गरिएको हो।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46