विश्वकप फुटबल छनोटमा नेपाल

मुग्लानी खबर- २५ भदौ

काठमाडौँ – विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाईनिज ताईपेईलाई २-० गोलले हराएको छ।

शुरुदेखि नै आक्रामक खेल प्रदर्सन गरेको नेपालले ताइपेई रङ्गशालामा सम्पन्न खेलमा जित हासिल गरेको हो। नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका हुन् । खेलको चौथो मिनेटमा सुजल श्रेष्ठले हानेको फ्री किकमा अञ्जनले हेड गोल गरेका थिए।

यस्तै खेलको ६२औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । जीतसँगै समूह ‘बी’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । बिस्वकप छनोटमा यो भन्दा पहिला कुवेतसँग ७–० गोलले हारेको नेपालले ठूलो उपलब्धी हासिल गरेको छ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46