राष्ट्रियता बलियो बनाउन धर्मनिरपेक्ष नै उपयुक्त हो: डा:सुरेन्द्र

मुग्लानी खबर-२६ भदौ

नेपालमा मुख्यत तीन नस्लका जातजातिहरु बसोबास गर्छन भन्ने छ।त्यसमा पहिलो नम्बरमा केके साइ र मङ्गोल जातका मानिसहरु छन र अस्ट्राेलाइट मुलका मान्छेहरू पनि सानो सङ्ख्यामा नेपालमा छन भन्ने छ।तर मुख्य रुपमा केके साइ र मङ्गोल नै यो देशका बहुसंख्यक जातजातिहरु हुन।


विभिन्न जातजाति अन्तर्गत १२५ जातजाति ,१२३ भाषाभाषी, १० भन्दा बढि धर्म सम्प्रदायहरु यो देशमा बसोबास गर्छन र इतिहास कालदेखि नै यि जातिहरु मिलेर सहिष्णु भावले र एकाअर्काको मुल्यमान्यता र प्रथा परम्परालाई त्यतिकै सम्मान आदरभाव प्रकट गर्ने चरीत्र भएको हुनाले नेपालमा कहिल्यै पनि सामाजिक धार्मिक द्वन्द्व भएन भन्ने इतिहासमा अङ्कित छ।हालैका वर्षमा कतिपय राजनीतिक दलहरूले यी विषयलाई चर्काएर राजनीति गर्न जातिय , धार्मिक , सह-अस्तित्व तथा आत्मनिर्णयका कुरा उठाउने खालका अभ्यास गरिएतापनि अन्ततः वर्तमान संविधानका माध्यमबाट मुलत नेपालमा जातीय राज्य, जातीय पहिचान र जातजातिका कुराहरु पृष्ठभुमिमा गइरहेको र मिलिजुली बसोबास गर्ने प्रवृत्ति तर्फ नै सम्मीलित तिर पछिल्लो अभ्यास हुदाहुदै अहिले पनि जातीय सोच भएका प्रवृत्ति सस्थाहरु कुनै न कुनै रुपमा सक्रिय रहेको पाईन्छन।


कहिले लोकसेवा आयोगको नाममा आरक्षण कोटा नभएको ,कहिले जातीय राज्य नभएको ,कतिपय प्रदेशको नामकरणमा असन्तुष्टि भैरहेका छन।


कहिले लोकसेवा आयोगको नाममा आरक्षण कोटा नभएको ,कहिले जातीय राज्य नभएको ,कतिपय प्रदेशको नामकरण अहिले पनि बाकी रहेको सन्दर्भमा तिनीहरुको नामकरण जातिय आधारमा हुनुपर्ने लगायतका असन्तुष्टिहरु व्यक्त गरि नै रहेका विभिन्न खालका पृष्ठभुमिहरु हाम्रो अगाडि छन।यस्ता प्रकारका मुद्दाहरू विचारधिन अवस्थामा रहिरहेको साथै पुर्णरुपमा नसल्टिएका हुदाहुदै दुई नम्बर प्रदेशका रुपमा रहेको मधेस जस्तो स्पस्ट इतिहासिक आधार भएको प्रदेशको नामकरणमा त्यहाँका नेताहरू लडने भिडने दृष्टान्त पनि हाम्रो आखा अगाडी छ साथै प्रदेश नम्बर एक र प्रदेश नम्बर तीन,पाँच को पनि नामकरण हुन बाकी नै देखिन्छ ।अब यी अवस्था र विगतहरु हाम्रो अगाडी रहिआएको सन्दर्भमा हालैका दिनहरूमा कहिँ कुकुर मार्ने ,कहिँ गाईलाई ट्रकमा हालेर भिरमा लगेर ठेलिदिने अत्यन्तै घिनलाग्दो र अशोभनिय प्रकरणहरु भई रहेको हामिले देखिरहेका छौ।

आफु माथीको जघन्य अपराधी भएको भनी प्रोपोगन्डा मच्चाईएको, धर्महरुको बिचमा पनि विवाद,द्वन्द ल्याउने र अप्रिय स्थिती खडा गर्ने दुरासाय देखापरेको भएतापनी अझै पनि नेपाल र नेपालीहरु एक अर्कामा लड्ने भिड्ने भन्दा पनि मिलिजुली बसोबास गर्ने यो अभ्यासले प्रतिबद्ध रहेको पृष्ठभुमिमा छ।अर्कोतर्फ हिन्दु रास्ट्र चाहाने ८२ प्रतिशत नेपालीहरु २०६८ को जनगणना अनुसार हिन्दु धर्मावलम्बीहरु भएको तर ओमकार परिवार समेत हुदा यो जनसंख्या ९० प्रतिशत भन्दा बढी हुने वास्तविकतालाई समेत उपेक्षा गरेर नेपाललाइ धर्म निरपेक्ष राज्य बनाउनु कहाँ सम्म जायज होला?

मान्यता ब्याप्त रहदा रहदै पनि नेपालमा धर्म निरपेक्ष राज्य घोषणा गरेको छ।तर अझै पनि यो राज्य हिन्दु हुनुपर्छ भन्ने मतहरु पनि त्यतिकै आइरहेको छन।पछिल्लो समयमा नेपाली काङ्ग्रेस लगाएतका पार्टी भित्र नै यो विषयले ठुलो मुद्दाको स्थान बनाउदै गरेको चुनौती पनि हाम्रो अगाडि आएको छ तै पनि अहिले सम्मकै अवस्थामा हाम्रो मुलुक धर्म निरपेक्ष नै रहिआएको अवस्थामा छ।यसरी हेर्दा धर्म निरपेक्षता नै बहु जातीय ,बहुभाषिक र बहुधार्मिक मुलुकको लागि उपयुक्त लागेता पनि ठुलो समुहमा हिन्दु रहेकोमा कसरी धर्म निरेपेक्ष हुन सक्छ भन्ने प्रश्न रहेको सन्दर्भमा ठूलो जनसमुदायले असन्तुष्टि ब्यक्त गरिरहदा कतै यो प्रश्नले भोलि गएर ठुलो बिकराल स्थिती निम्त्याउने त होइन?भन्ने सोचाईपनी हाम्रो अगाडी बिद्धमान नै छ।

हिन्दु धर्म भन्ने चाहिँ आराध्यदेव पशुपति नाथको परिसर लाई समेत सफा सुग्घर राख्न नसक्ने सङ्गै पबित्र वागमती नदिलाई समेत ढलमतिको रुपमा बनाई दिनाले जनावर चराचुरुङ्गी इत्यादिले सेवन गर्नुपर्ने पानी समेत अपबित्र भैई २०/२५ बर्ष अगाडी सम्म मानिसले नै सेवन गर्न सकिने पबित्र वाग्मती आज ढलमती भैईसकेको सन्दर्भमा त्यसलाई समेत सफा बनाउन नसक्ने नेपालीहरुले कसरी हिन्दु धर्मलाई बहन गर्न सक्छन र? नेपाललाई हिन्दु राष्ट्र बनाउन सक्छन?ठुलो चुनौती को बिषय रहिरहेको देखिन्छ ।यस परिप्रेक्ष्यमा भन्न खोजेको कुरा के हो भने देखि हामी जसरी बेग्लाबेग्लै जात भाषा धर्म नश्लको बिचमा छौ जनसंख्याको समानुपातिक आधारमा सबै निकायहरुमा समान प्रतिनिधित्व गर्न पाउनु जनताको अधिकार हो। र यसलाई नै हामी परिपालना गर्दै यो मुलुकलाई सबै नेपालीको साझा भुमी बनाउन सक्नु पर्छ किनभने अल्पसंख्यक तथ बहिस्करणमा रहेको समुहले लामो समय देखी हामिहरु उपेक्षित रहेको, देश मात्र हाम्रो रहेको राज्य हाम्रो हुन नसकेको हुँदा राज्य पनि हाम्रो हुने गरि समानुपातिक समाबेशी सिद्धान्तको आधारमा राज्यका सम्पुर्ण निकायहरुमा हामिहरुलाई प्रतिनिधित्व हुन सक्दा मात्रै यो देशलाई हामी सबैको साझा मुलुकको रुपमा अपनाउन सक्ने हुँदा धर्म निरेपेक्ष रुपमै रहनुपर्ने र समानुपातिक प्रतिनिधित्वका आधारमा राज्यका सम्पुर्ण निकायहरुमा प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो आकाङ्क्षा अधिकत्व र अभिव्यक्ति रहेको पाईन्छ।

यस सन्दर्भमा नेपालको राष्ट्रियता लाई बलियो बनाउने हो भने यो भावबाट काम गर्दा राष्ट्रियतालाई सुधृढ बनाउदा सम्पुर्ण नेपालीले यो मुलुक मेरो हो भन्ने दिनको घाम जत्तिको स्पष्ट छ।अत:यसतर्फ सम्पुर्ण नेपालीले सोच्न सक्दा मात्रै हामिहरुले हाम्रा राष्ट्रियतालाई बलियो बनाउन सक्छौ र यो राष्ट्रलाई लामो समय सम्म थामी राख्न सक्छौ।नेपाल र नेपालीको भाग्य र भबिस्यलाई सुध्रीढ र सुनिस्चित गर्न सक्छौ।यहि दिशा तर्फ लाग्नु नै नेपालीहरुको अहिलेको कार्यबहाक देखिन्छ।यहासम्म नेपाल आइसक्यो कि गाई प्रकरण र अन्य जिल्लामा कुकुर प्रकरण यश प्रकारका निर्दोष पशुहरु माथी ज्यादती र अत्याचार गर्ने जुन पद्धति छ त्यस्लाई दुरुत्साहन गर्न यस्ता किसिमका प्रवृत्तिलाई समाप्त गर्नुपर्दछ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *