खस्केको राष्ट्रबाद – बिनोद नेपाली

मुग्लानी खबर- ३१ भदौ

झ्याउ हुन्छ बोर हुन्छ केही कुरा लागेको भन्यो भने यहाँ टीका टिप्पणी धेरै दबाब गुट गुट सबै पार्टी रास्ट्रबादी रास्ट्र भक्ती चोक चोक मा गल्ली गल्ली मा बुरुक्क उफ्रीयो भाषण दियो नेता हुने छाटकाट देखाउने अनगिन्ती मनुष्यहरुको कमि छैन।

बिनोद नेपाली

२० बर्ष अघिको देश र अहिलेको देश त्यो बेलाको रास्ट्रभक्ती बफादारिता अहिले फिक्का लाग्छ। सामान्य ज्ञानको पानाहरु मा बुद्ध नेपालमा जन्मिएको सुन्दा गर्व हुन्थ्यो तर जब अहिले देश बुझे भारतले नि दाबी गरिरहेकोछ रे ! लुम्बिनी हाम्रो देश मा पर्छ र? मानसिकता स्खलन भएको रास्ट्रवाद जलस्रोतको धनी देश वाउ पानी मानसपटलमा सोचिन्थ्यो तर बुझदै जादा चेतना आउँदा 1८ घन्टा सम्म लोडसेडिङ पानीको हाहाकार खस्किएको रास्टवाद रेडियो नेपालमा गितहरु गुन्जिन्थे। नेपाल टेलिभिजनमा भिडियो स्वदेश गान रास्ट्रभक्ती गित फिल्म कला क्षेत्रबाट अनगिन्ती रास्ट्रप्रति इतिहासप्रति योगदान हुन्थे। बनिरहेका हुन्थे फिल्म राष्ट्रभक्ती थियोे थोरै रास्ट्रवाद तर अहिले खस्किएको रास्ट्रवाद न गित बन्छ, स्वदेश गान माटो बोल्ने न फिलिम? युग फरक भै सक्यो मानिस मानिसमा मानवीय मुल्य मान्यता हरु बिर्सी सके। सामाजिक मुल्य मान्यता सब सस्कार उथलपुथल भो ।पहिले कुनै छाेरी मान्छे लाई बिहे गरेर दिन असल पढेको ईमानदार खोजिन्थ्यो। अहिले यो परेन बरु क्यानडामा, अमेरिकामा छ रे भन्यो भने भयो। हाम्रो सस्कार नै अर्कै भैसक्यो अहिले देश वन्ने बनाउने रास्ट्रप्रती ईमानदार हुने साच्चिकै कति छन् यस्तै सस्कार यस्तै परिवेश को को प्रभाव मान्छे मान्छेमा परिसकेको छ।

मरिसकेको छ रास्ट्रवाद छैन देशप्रति केही भाव मात्रै आफ्नो आफ्नो प्रभावमा रहेको सिमित परिधीभित्र रहने आम मानिसले कसरी योगदान देशको हितका निमित्त काम गर्न सक्ला ?लाइसेन्स बनाउनु छ को चिनेको छ सजिलो हुन्थ्यो, फेल भए नि मिलाएर पास हुन पाए हुन्थ्यो भन्ने हामी भएका छौ। जतासुकै आफ्नै मान्छे भए सजिलो केही गर्न पावर को माध्यमबाट नै सजिलो फास्ट ट्र्याकमा काम गर्ने सोच हाम्रो अनि खै रास्ट्रवाद देखावटी भद्दा सबै रास्ट्रवाद देशको लागि केही गर्ने खै जमात? सबै भाइरल हुने ट्रेन्डिङ खस्किएको रास्ट्रवाद भित्र धमिलो पानीमा माछा मार्ने हुल जमातले देश परिवर्तन गर्ला त ?अनगिन्ती हुल सडक बाहिर ल्यायो बोल्यो मान्छे थुपार्यो हुटिङ मच्चायो यसरी देश बन्दैन देश को लागि केही गरेकै होइनन ।यिनीहरुले मात्रै नेता हुने रहर पूरा गरेको मात्रै। नत्र कति रास्ट्रबादी समूह, हिन्दुबादी ,राजाबादी कति कति भेटिन्छन रत्नपार्क माइतीघरमा बानेश्वरमा कुर्लिनछन्। चिकेन नेताहरु ओपन च्यालेन्ज दिन्छन् शिर्षनेताहरुलाई के साच्चिकै देश बनाउलान त?

यिनी हरुले आखिर देशनै बनाउने मुख्य सर्त भैसक्यो त किन फरक फरक समूह किन कोहि राजाबादी हिन्दुवादी रास्ट्रबादी एउटानै हुन किन सकिन्न? ल ज्ञानेन्द्र शाही लाईनै प्रधानमन्त्री बनाउलान रे विधि प्रक्रिया के त राजाको मान्छेले बाबुरामलाई प्रधानमन्त्री बनाउ भन्दा बिरेन्द्रले विधि प्रक्रिया हुन्छ भनेका थिए ।कसरी बनाउने ल यो केपिको सरकार फालु रे ,अनि बन्ने नयाँ सरचना कस्तो हुन्छ चाहिदैन एजेन्डा रोड म्याम ल राजा नै आए कस्तो राजा? बच्चा राजा कि नारी राजा ? कि बुढा राजा कि कस्तो राजा? हुनुपर्छ स्पष्ट जनता लाई थाहा हुनु परेन? शव भोलि को स्पष्ट विकल्प लाई नहेरी झुन्ड झुन्ड रत्नपार्क माइतीघरमा फलाकेर केही हुन्छ ?कोठामा बसेर बुनेका योजना सडकमा उफ्रेर देश परिवर्तन हुन्छ? हुदैन रास्ट्रवाद पहिलेको अहिलेको फरक छ तर मरिसकेको रास्ट्रवाद।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *