स्कुलमा आगलागी २७ बालबालिका र २ शिक्षकको मृत्यु।

मुग्लानी खबर- १ असोज

अफ्रिकी मुलुक लाईबेरियामा मङ्गलबार राती स्कुलमा आगलागी हुदा २७ जना स्कुले बालबालिका र २ जना शिक्षकको दुखद निधन भएको छ।

राष्ट्रपति जर्ज ओयले ट्वीट गर्दै घटनाबारे जानकारी दिएका छन् र पीडित परिवारप्रति समवेदना समेत ब्यक्त गरेका छन्।

राजधानी मान्रोभियादेखि पूर्वतिर पर्ने पेनेसभिला शहरको एक विद्यालय भवनमा बालबालिकाले कुरान पढिरहेका बेला आगलागी भएको थियो। विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने बताइए पनि विस्तृत विवरण आइसकेको छैन।

लाइबेरियाका प्रहरी प्रवक्ता मोसेस कार्टरका अनुसार मृत्यु हुने बालबालिकामध्ये धेरैजसो १० देखि २० वर्षका छन्। आगलागीमा पनि २ जना शिक्षकको पनि मृत्यु भएको छ।

प्रहरी अधिकारीहरुले आगलागीमा मर्ने बालबालिकाको संख्या अझै बढ्न सक्ने बताएका छन्। स्कुलमा आगलागी भएपछि सयौं अभिभावक विद्यालयमा जम्मा भएका छन्।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *