सामूहिक बलात्कारका दोषी पक्राउ

मुग्लनी खबर ६ असोज


मोरङको सुन्दर हरैचा नगरपालिका निवासी एक युवतीलाई सामूहिक बलात्कार गर्नेलाई प्रहरीले पक्रउ गरी आज सार्वजनिक गरेको छ ।

सोमबार राति बलात्कार गर्नेहरुमा ग्रामथान गाउँपालिका–५ निवासी २० वर्षीय सुरेश थानदार, सोही स्थानका २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका–५ निवासी २२ वर्षीय सन्तोष माझी र सोही स्थानका २२ वर्षीय प्रकाशकुमार थारू छन् । पक्राउ परेका अभियुक्तमाथि कानूनी कारवाहीको प्रक्रिया शुरु भइसकेको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । (रासस)


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *