राउतको “प्रबासको कमाई” कतारमा सार्बजनिक

  1. मुग्लानी खबर- १८ असोज

बाहुण्डागी प्रबासी सेवा समाज कतारको आयोजनामा कतारको नज्मा स्थित द गोर्खा रेस्टुरेन्टमा लेखराज राउत ( क्षितिज)को “प्रबासको कमाई” सार्बजनिक भएको छ।

समाजले नेपालीहरुको महान पर्व बडादशै तथा शुभ दिपावली २०७६ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि कवि राउतको पहिलो कृति कार्यक्रमका सभापती तथा समाजका अध्यक्ष कृष्ण कुमार कार्की,प्रमुख अतिथी प्रदेश न १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणी कार्की लगाएत बिशेष अतिथिहरु अनेसास कतार साखाका का. वा. अध्यक्ष लेख कार्की, सन्ध्या ग्रुप मुग्लानी सौगातका का. वा. अध्यक्ष गणेश क्षेत्री,नबोदित साहित्य वाचनालाय कतारका कोषाध्यक्ष शेखर बस्नेत,नेपाली समाज कतारका  मान बहादुर डागी ,  जनप्रगतिशील मंच कतारका संयोजक रकम ध्वज राई लगाएतद्वारा सार्बजनिक गरिएको हो।

सन २००९ मा स्थापित समाजले सामाजिक बिकास दुखी पिडित , आर्थिक अभावले ग्रस्त बिरामीहरु,प्रबासमा अलपत्र परेका नेपालीहरुलाई उद्दार लगाएतमा आर्थिक सहयोग गरिएको विवरण सचिब सन्देश नेपालले स्पष्ट पारेका थिए।

बाक्लो उपस्थितिका बिच भएको शुभकामना आदानप्रदान सङै कवि लेखराज राउत प्रती उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।कबि लेखनाथले यो कृति निर्माणमा सहयोग गर्नुहुने समस्त ब्यतित्वहरु प्रती एकमुष्ट धन्यबाद दिदै आयोजक बाहुण्डागी प्रबासी सेवा समाज कतार प्रती आभार ब्यक्त गर्दै “माया यसैलाई भन्छु कान्छी” बोलको कबिता वाचन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी चुडामणी कार्किले यो बाहुण्डागीको कृति मात्र नभई सम्पुर्ण नेपालीहरुको कृति र सम्पत्ति भएकोले आफुलाई गर्व भएको महसुस गर्दै सबैलाई उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।अन्त्यमा सभापती कृष्ण कुमार कार्किले दशै तथा दिपावलीको सम्पुर्णमा शुभकामना ब्यक्त गर्दै कवि क्षितिजको सफलताको शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने सहजीकरण दिप प्रदिप कुमारले गरेका थिए।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *