महराको स्वास्थ्य परीक्षणः स्वासप्रस्वासमा समस्या, हिरासतमै अक्सिजन

मुग्लानी खबर असोज २०

बलात्कार प्रयासको अभियोगमा सभामुख निवासबाटै पक्राउ गरिएका कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासको समस्या देखिएको हो ।

महराको आइतबार राति स्वास्थ्य परीक्षण गरिएको थियो । स्वासप्रस्वासको समस्या देखिएपछि महरालाई हिरासत कक्षमा नै अक्सिजन दिने व्यवस्था मिलाइएको बताइएको छ ।

संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार प्रयासमा किटानी जाहेरी दिएपछि महरा पक्राउ परेका हुन् । सरकारी वकिलको कार्यालय बन्द रहेकाले महराको बयान दसैँपछि मात्रै लिइने प्रहरीले जनाएको छ ।

देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *