भुटानमा साफ यू-१५ खेल्ने चेली हरुको सामुहिक दसैं

मुग्लानी खबर असोज २१

भुटानमा आयोजना हुने महिला साफ यू१५ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली भुटानमा छ। असोज २२ गतेदेखि २८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको लागि नेपाली टोली सोमबार भुटान प्रस्थान गरेको हो। सात दिनसम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ।

भुटानमा रहेका नेपाली टोलीले साइतअनुसार दशैको टिका लगाएका छन्। टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठ, सहायक प्रशिक्षक भगवती थापा र गोलरक्षक प्रशिक्षकमीनबहादुर बस्नेतले नेपाली टिमलाई बडा दशैंको टीका लगाएर आशीर्वाद दिएका हुन्।

नेपालआयोजक भुटानबंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले असोज २२ गते भारतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ।

 

असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ। फाइनल असोज २८ गते हुनेछ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *