महराको यौन दुर्ब्यबहारको पर्दाफास गर्ने पत्रकार सम्मानित


मुग्लानी खबर- २३ असोज

पुर्ब सभामुख कृष्ण बहादुर महराले सचिबालयकी कर्मचारी लाई यौन दुर्व्यवहार गरेको घटना सार्बजनिक गर्ने पत्रकार अजयबाबु सिवाकोटी ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ द्वारा समानित हुने भएका छन।


इन्जा मुख्यालय(अमेरिका, वासिङ्टन)ले विज्ञप्ति जारी गरी १ हजार अमेरिकी डलर राशि रहेको उक्त पुरस्कार यस वर्ष हाम्रा कुरा डट कमका सम्पादक शिवाकोटीलाई दिने निर्णय गरिएको जानकारी दिएको हो।आगामी नोभेम्बर १७ तारिखका दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भव्य समारोहको आयोजना गरी उक्त पुरस्कार शिवाकोटीलाई दिइने इन्जा व्यवस्थापन समितिले जनाएको छ।

उक्त घटनामा पीडित भनिएकी रोशनी शाहीले बलात्कार प्रयास अभियोगमा किटानी जाहेरी दिएपछि निवर्तमान सभामुख महरालाई आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो।अहिले आरोपित महरा हिरासतमा छन्।

प्रेस वक्तव्य

‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्राकुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गरिने।

मितिः अक्टोवर ७, २०१९
वाशिंगटन डि।सि

नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल ९ईन्जा० ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयवावु शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेकोछ । ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७, २०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुर्व्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महरावारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो ।
नेपालमा सानालाई ऐन ठुलालाई चैन भन्ने मान्यता स्थापित हुँदै गएको समयमा सो समाचारले नेपालको मर्यादाक्रममा चौथों स्थानमा रहेका सभामुख महरालाई राजीनामा गर्न वाध्य मात्रै वनाएनकि हाल उनीलाई आवश्यक कानुनी कारवाहीकोलागि प्रहरीले हिरासतमा समेत लिइसकेकोछ ।
नेपाली पत्रकारिताको इतिहासमा सत्य र तथ्यमा आधारित भएर यस्ता साहसी समाचारहरु विरलै प्रकाशित भएका छन् । ईन्जा यो साहसी पत्रकारिताको सम्मान गर्न चाहन्छ र यस्ता समाचारहरुले कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउनेछ भन्ने विश्वास राख्दछ । समाचार प्रकाशनसंगै सम्पादक शिवाकोटीको सुरक्षाप्रति गम्भीर चासो उत्पन्न भइरहेकोले ईन्जा उहाँको सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसंग आग्रह समेत गर्दछ ।
अन्तमा, विजयादशमी २०७६ का उपलक्षमा ईन्जा सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

धन्यवाद।
​​​ईन्जा मुख्यालय
वासिंङ्टन डिसी, अमेरिका


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *