सौदामिनीको उपन्यास विमोचित

मुग्लानी खबर १ कात्तिक 
लेखिका सौदामिनी शर्माको पहिलो कृति अङ्ग्रेजी भाषाको ‘ह्येर माउन्टेन्स् स्टुड टल’ उपन्यासको आज विमोचन गरिएको छ ।

‘बुक्स राइटिङ नेपाल’ द्वारा प्रकाशित सो पुस्तकको शिक्षासेवी बाबुकाजी कसपालले विमोचन गर्नुभएको हो । शिक्षासेवी कसपालले उपन्यासकारले शान्तिप्रिय नेपालको परिकल्पना गरेको र बालबालिकालाई जीवन सङ्घर्ष हो, सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो ।

उपन्यासकार शर्माले सशस्त्र द्वन्द्वकालको पहाडी जनजीवनलाई कथावस्तु बनाएर शान्ति र विकासको सन्देशका लागि छ महिना लगाएर पुस्तक तयार पारेको जनाउनुभयो । उहाँले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरका पाठकमाझ लैजान अङ्ग्रेजी भाषामा पुस्तक लेखेको भन्दै आगामी दिनमा आफू पूर्णकालीन रुपमा साहित्यक्षेत्रमा सक्रिय रहने बताउनुभयो ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *