दुइचार जना सङ्ग सिङ्गल लड्ने हिम्मत छ-सुन मान्छे

मुग्लानी खबर २० कार्तिक

-प्रेम घिसिङ

पछिल्लो समयमा “सुन मान्छे”को नामले परिचित सुबास घिसिङले कसैप्रती जाई नलाग्ने सकेसम्म अरुलाई सहयोग गर्ने तर कोहि निउ खोज्न आउँछ भने दुई चार जना सङ्ग अझैपनि सिङ्गल लड्न सक्ने हिम्मत रहेको बताएका छन।

हरेक मान्छेको फरक इच्छा र चाहना र सौखहरु हुने गर्दछन। त्यस्तै एउटा फरक सौख र गेट अपमा शरीरका विभिन्न भागमा गरि ५५ तोला सुन लगाएर आफुलाई सुन मान्छेको उपनामले परिचित कलाकार तथा समाजसेवी सुवास घिसिङ ( सुन मान्छे) रहेका छन।

२०३२ सालमा धनकुटाको एउटा विकट ठाउँमा जन्मिएका घिसिङलाई अहिले प्रायले सुन मान्छे भनेर चिन्दछन भने कलाकारिता क्षेत्रमा लामो समयदेखी समर्पित सुन मान्छे गायक दुर्गेश थापाको तिहार अगाडी रिलिज भएको बिबादित गीत “ह्याप्पी तिहार चिसो बियर” भन्ने बोलको म्युजिक भिडियोमा अभिनय पश्चात् उनको चर्चा परिचर्चा एकाएक सामाजिक संजालमा चुलिएको हो।

ज्वालामुखी, हामी साथिभाइ, प्रयास लगायतका नेपाली चलचित्रहरुमा फाईटरको भुमिकामा अभिनय गरिसकेका घिसिङ हाल आफ्नै नेतृत्वमा एक मिलिजुली वातावरण नेपाल भन्ने नामक संस्था खोली देशका मुख्य सहरहरु काठमाडौ, भक्तपुर र ललितपुरको फोहोर संकलन तथा ब्यबस्थापन कार्यमा करिब २५/२६ जना कामदारलाई रोजागार प्रदान गरिसकेका छन।

मुग्लानी खबर टिभीमा बोल्दै पहिले एकदुई ओटा मुन्द्रा लगाउदा ट्यापे को बिल्ला दिएर अपमान सहनुपर्थ्यो भने अहिले धेरै लगाए पछि ” सुन मान्छे” भनेर सम्मान पाएको उनले बताएका छन। उनले आफू बाहिरबाट डरलाग्दो देखिएता पनी व्यबहारमा आफू दयालु सहयोगी र समाजसेवी रहेको बताएका छन।

बिस्तृत भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस…..


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *