मौलिक जरोकिलो पार्टीको आयोजनामा निशुल्क दन्त परिक्षण सेवा प्रदान।

मुग्लानी खबर-२० कार्तिक

पछिल्लो समयमा सामाजिक कार्यमा आफ्नो अभियान तिब्र पारेको पार्टीले जनताको स्वास्थ्य सम्बन्धी चासो बढाएको छ।

मौलिक जरोकिलो पार्टीको आयोजना तथा पार्टीका सर्बोच्च परिषद सदस्य राम ध्यान राय र डक्टर लक्ष्मण कुमार यादवको अगुवाईमा निशुल्क दन्त परिक्षण तथा मौखिक स्वास्थ्य सम्बन्धी जागरुकता शिबिर चार दिनको लागी सर्लाही जिल्ला र रौतहट जिल्लाका विभिन्न क्षेत्रमा सम्पन्न गरेको छ।

तिनदिने पुर्ब योजना अनुसार सन्चालन गरिएको शिबिर अनुसार कार्तिक १७ गते कबिलासी न.पा पच्गछिया मा बिहान १० बजे देखि १ बजे सम्म, सोही दिन नाढी ताल ( चन्द्रनगर गा पा) मा दिउसो २ बजे देखि ५ बजे सम्म, कार्तिक १८ गते कबिलासी नपा मदनपुरमा १० बजे देखि ५ बजे सम्म शिबिर संचालन गरिएको थियो तेस्रो दिन भने सर्लाही स्थित हरिपरुवा नगरपालिकामा सम्पन्न भएको थियो साथै चौथो दिन रौतहट जिल्लाको कठरिया नगरपालिकामा निशुल्क दन्त शिबिर समाप्त भएको हो। उक्त शिबिरबाट प्रभावित भई स्थानियबाट थप गर्ने माग आएपछी दुई शिबिर थप गरि जम्मा चार ठाउँमा पाच शिबिर संचालन गरि स्थानियलाई सुबिधा दिईएको पार्टीका सर्बोच्च परिषद सदस्य राम ध्यान रायले मुग्लानी खबरलाई जानकारी गराएका छ्न।


उक्त शिबिरलाई सफलताका साथ सम्पन्न गर्न डा . लक्ष्मण कुमार यादवका साथ सहयोगीहरुमा राजु यादव,सन्तोष साह,दिपेन्द्र यादव लगाएत स्थानियबासीहरुको अतुलनिय योगदान प्रति मौलिक जरोकिलो पार्टीले धन्यबाद ब्यक्त गरेकोछ।

आफ्नै मौलिक बिशेषता बोकेको मौलिक जरोकिलो पार्टी बीस बर्षको लामो अनुसन्धान खोजतलास पश्चात् युगद्रष्टा डा. निर्मल मणि अधिकारीद्वारा प्रतिपादित”राज्य रास्ट्रको अवधारणा” सिद्धान्तमा आधारित रहेर निर्माण भएको हो।बिज्ञानको बुद्धि,प्रबिधिको प्रगती,धर्मको विवेक र सहृदयताको सम्बन्ध चार आधारशिला रहेको जरोकिलो पार्टी बलेको दियो चुनाव चिन्ह लिएर अगाडी बढेको छ।

बिस्वका कुनै कुनामा रहेर पनि आवद्ध हुन सकिने उक्त जरोकिलो महाअभियान वा मौलिक जरोकिलो पार्टीमा देश भित्र र बाहिर काम गर्ने बुद्धिजीवी, शिक्षक, डाक्टर, कलाकार लगाएत रास्ट्रभक्ती युवाहरुको रोजाई बन्न थालेको छ जसनुसार आफ्नो रास्ट्र समाज समुदायप्रती पुर्ण समर्पण रहेका युवाहरुद्वारा विभिन्न सामाजिक गतिबिधी हुन थालेका छन।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *