नवल परासीमा मोटरसाइकल दुर्घटना,२ जनाको मृत्यु

मुग्लानी खवर कार्तिक २२ 

पुर्वी नवलपरासीको देवचुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । देवचुली १७ फारमचोकमा लु ४१ प २९३९ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सेतो रङ्गको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मोटरसाइकल चालक पाल्पाको पोखराथोक बस्ने २२ वर्षका राजेश नेपालको पुरानो मेडिकल कलेजमा बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो ।

त्यसैगरी दुर्घटनापरी गम्भीर घाइते अन्दाजी २५ बर्षका पुरुष व्यक्तिको उपचारको क्रममा जल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको अझै सनाखत हुन सकेको छैन ।

 


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *