रौतहतमा चरेससहित एकजना पक्राउ

मुग्लानी खबर कार्तिक २२ 

रौतहट प्रहरीको अपराध अनुन्धान टोलीले एक जनालाई चरेससहित पक्राउ गरेको छ । राजपुर  नगरपालिका – ७ का लालबाबु भन्ने शेख एकवाल अहमदलाई २ सय १०ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय ले बतायो ।

अहमदमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ, बुधवार साँझ गौर चन्द्रपुर सडकखण्ड अन्तरगत झुन्खुनवाचौकबाट राति साढे ९ बजे गौरतर्फ गइरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अहमदको ज्याकेटको खल्तीबाट उक्त चरेस बरामद  गरेको थियो ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *