बुर्किनाफासोमा विद्युतीय धराप ३७ जनाको मृत्यु, ६० घाइते

मुग्लानी खबर कार्तिक २२ 

बुर्किनाफासोको तपोआ प्रान्तमा सुन खानीका मजदुरहरुलाई लिएर आइरहेको सुरक्षाकर्मीहरुको सवारी साधन धरापमा परेको अन्तर्राष्ट्रिय संचार माध्यम हरुले जनाइरहेका छन ।

विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको र मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर रहेका छन् ।

क्षेत्रीय गभर्नर साइडोउ टौसैन्त प्रोस्पर सानौले बुधबार भएको घटनामा परी अरु ६० भन्दा बढी घाइते भएको जानकारी दिए । दुर्घटनामा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरेर उपचार गराउनका लागि सरकारी सुरक्षाकर्मी तथा स्वयमसेवकहरु तत्कालै परिचालन गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेमिस दान्डजीनौले बताए ।

घटना भएको क्षेत्रमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेको र दोषीको खोजी पनि भइरहेको उनले जानकारी दिए। बुर्किना फासोमा आतङ्कवादीहरूको आक्रमणमा सन् २०१५ देखि अहिलेसम्म पाँच सयभन्दा बढीको मृत्यु भएको दावी गरिएको छ । उनीहरूमध्ये दुई सय जना सुरक्षाकर्मी रहेका छन् भने अरु सर्वसाधारण रहेको अधिकारीहरुले जनाएका छन् ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *