अनशनत के.सि र काङ्ग्रेस नेता बडू बिच भेटघाट

मुग्लानी खबर कार्तिक २२
धनगढी-चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७औं चरणको अनशन पाँचौ दिन जारी छ।

सदरमुकामस्थित डडेल्धुरा अस्पताल नजिकै निर्मल क्लिनिक रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले अनशनरत डा.गोविन्द केसीलाई भेटेका छन्।

शुक्रबार दिउँसो केसीलाई भेटेर उनले अनशनप्रति ऐक्यबद्धता जनाएका छन् । उनले केसीको अनशनप्रति सुरुदेखि नै कांग्रेसको समर्थन रहेको बताए । केसीले उठाएका मेडिकल शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र सबैले पढ्न सक्ने बनाउनुपर्छ भन्ने माग जायज भएको नेता बडूले बताए ।

उनले मागहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे। ‘मेडिकल कलेजहरु अहिले पनि तोकेको शुल्कभन्दाब बढी लिइरहेको छन्। तर बढी लिएको शुल्क फिर्ता गर्न तयार छैनन,’ उनले भने,‘सरकार हामी फिर्ता गराउँछौँ भन्छ तर गराउन सकिरहेको छैन।’

बडूले दुईतिहाइको वर्तमान सरकार गरिब विद्यार्थीको हितमा नभएको आरोप लगाए। काठमाडौँ गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई केसीले अघि सारेका ७ बुँदे मागबारे जानकारी गराउने उनले बताए।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *