कोहलपुरमा मोदिको पुत्ला दहन

मुग्लानी खबर कार्तिक २१

भारतले जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र समेटिएको विरोधमा अनेरास्ववियुले कोहलपुरमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै बजार परिक्रमा गरेका विद्यार्थीहरुले बागेश्वरी क्याम्पस नजिकै पुगेर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन् । ‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै विद्यार्थीहरुले पुत्ला दहन गरेका थिए

अनेरास्ववियुका नेता राजेन्द्र विष्ट, मोहित शर्मा, हेमन्त भट्टराईले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिए ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *