ठूलो रकमसहित हुण्डी कारोवारि भारतीय नागरिक पक्राउ

मुग्लानी खबर मङ्सिर २ 

ठूलो रकमसहित अवैध हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनको कोठामा छापा मार्दा रु ३६ लाख नगद, साट्न राखेको रु ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो ।

पैसा र चेकसहित उनलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ । –रासस


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *