ठमेलको नाइट क्लबमा पूर्वराजा (हेरौं फोटो )

मुग्लानी खबर मङ्सिर २ 

पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार बेलाबखत रेष्टुरेन्ट, नाइट क्लब र बारमा देखिने गर्छन ।

लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा ज्ञानेन्द्र परिवारको जमघट बाक्लै रुपमा हुनेगर्छ । तर यसपटक उनी ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिन भ्याए ।

शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर खानपिन मात्र गरेनन् उपस्थितहरुसँग ‘रातो र चन्न्द्र सूर्य’ गीतमा डान्स पनि गरे ।

पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । उनले पनि नाचेर शुभेच्छुकहरुलाई मजा दिलाइन ।

कोमल बाहेक ज्ञानेन्द्र परिवारका अन्य सदस्य पनि क्लबमा पुगेका थिए । सयौं शुभेच्छुकहरुसाग उनीहरुले पनि मजा लिएका थिए । काठमाडौं बाहिर भएकाले पारस शाह भने त्यहाँ उपस्थित थिएनन् ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *