आसामको कोठीबाट नेपाली युवतीको उद्दार

मुग्लानी खबर मंसिर ३

भारतको आसामस्थित एक कोठीबाट चार बालिकासहित ६ नेपाली युवती र एक भारतीय युवतीको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहले भारतीय प्रहरीको समन्वयमा सोमबार उनीहरुको उद्धार गरेको हो ।

नेपाली युवतीलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पाएपछि शक्ति समूहको एक टोली त्यहाँ गएको थियो । दिल्ली प्रहरीको समन्वयमा कोठीबाट सातजनाको उद्धार गर्न सफल भएको छ ।

उद्धार गरिएका नेपाली युवती तथा बालिकाको ठेगाना तथा अन्य बिस्तृत जानकारी संकलनको प्रयास भइरहेको छ । उनीहरुलाई आज आसामस्थित स्थानीय अदलातमा लगिने र आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन पहल भइरहेको जनाइएको छ


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *